समृद्ध विकास र परिवार बाधलाई अन्त गर्न युवा नेतृत्व : वडाअध्यक्ष यादब

  • जेठ ७, २०७९ | ८९८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । लोकतान्त्रिक गणतन्त्रका संरचनमा रहेका स्थानीय सरकारको दोस्रो कार्यकालमा फरक सोच र बिचार भएका सबभन्द कम उमेरका जनप्रतिनिधिलाई सिरहा नगरपालिकामा वडा नं. ६ का जनताले आफ्ना अमूल्य मतबाट इन्द्रजित कुमार गोठियाँ (यादब) लाई निर्वाचित गरेका छन् ।

यादब अहिले २६ वर्ष उमेरका छन् । समान्य व्यपारमा लागेका यादबले ५ वर्ष देखि राजनीतिकमा आवद्ध रहेका छन् । अहिले उहाँ नेकापा एकृकित समाजवादी पार्टिबाट निर्वाचन लडी बिजयी भएका छन् ।

एउटा किसान परिवारमा बुवा किसुन देव यादब र आमा उरेब देवी यादबको कोखबाट जन्मेका यादबले आफ्ना ठाउँका जनतालाई लोकतान्त्रिक गणतन्त्रका अनुभुतीका लागि परिवार बाधलाई अन्त गर्न चुनावी मैदानमा उत्रे र जनताले निर्वाचित गरेको बताउँछन् । वडा नं. ६ का जनताले हामी सबै जनप्रतिनिधिहरुलाई धेरै नै जिमेवारी दिइएका छन । पार्टिगत भन्द व्यक्तिलाई बढी रुचाउन यहाँका जनतालाई प्रतिवद्धता गरेका सम्पूर्ण कार्य गरेर देखाउन यादबले बताए ।

हामीले सबभन्दा पहिले शिक्षा सुधार तथा जनचेतना सहितको सडक पूर्वधारलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने योजनामा रहेका  छौँ । कृषि, स्वास्थ्यलाई पनि यसै आर्थिक वर्षबाट विशेष कार्यक्रमका साथ निरन्तर ५ वर्ष सम्म सम्पूर्ण कार्य पुरा गर्ने योजन तयार गर्ने छौँ ।

युवा प्रतिका विश्वासलाई थप बलियो बनाउन आफ्ना वडामा कुनै पनि जनतालाई काखा-पाखा नगरी विकास समृद्धिसँग जोडर कार्य गर्ने छौँ । आब आउने नयाँ आर्थिक वर्षबाटै जनताले चाहेका विकास समृद्धि देखिन थाल्ने छन् । हामी पार्टि भन्दा मानवताका कानूनलाई पहिलो प्राथमिकतामा राखि सबै पार्टिका जनतालाई समान रुपमा वडाका सबै अवसरहरुमा सहभागी गरी दुःसुखमा साथ रहने यादबको प्रतिवद्धता छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब