बरियारपट्टी गापा अध्यक्ष महतोको पहिलो नौ निर्णय : दाइजो प्रथा उन्मुलनका लागि रु. ५० हजारको छोरी बिमा कार्यक्रम

  • जेठ १३, २०७९ | १,९३० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्ष संतोष कुमार महतोले शुक्रवार पदभार ग्रहनसँगै पहिलो नौ वटा निर्णय लिइएका छन् । २०७४ को निर्वाचनमा पनि निर्वाचित भई पुनः २०७९ को निर्वाचनमा दोस्रो पटक भारी मतले बिजय भएका अध्यक्ष महतो पदभार संभाले लगतै विभिन्न क्षेत्रलाई समेटी जनहितका लागि विशेष निर्णय लिइएका छन् ।

कुरा भन्दा कार्यमा बढी केन्द्रित रहने महतोले पहिलो निर्णयका रुपमा दलित, विपन्न परिवारलाई किरिया खर्च वापत रु. १० हजार दिने निर्णय गरेका छन् । विपन्न, दलित वर्गका कक्षा ११/१२ को छात्रछात्रालाई निःशुल्क शिक्षाको व्यवस्था मिलाउने , दाइजो प्रथा उन्मुलन तथा दाइजोबाट हुने विभिन्न किसिमको घरेलु हिंसाहरु न्यूनिकरण गर्न नौलो केटाकेटी बिमा अन्तर्गत रु. ५० हजार सम्मको छोरी बिमा कार्याक्रम संचालने गरीने, दलित, गरिव तथा विपन्न वर्ग माथि राज्यको तर्फबाट लाग्ने मालपोत बाहेक जन्म दर्ता, मृत्यु दर्ता, बिवाह दर्ता र बसाइसराई दर्ता लगायत अन्य सिफारिसमा शत प्रतिशत कर मिन्हा गरी जिवन शैलीमा स्तर उन्नती गरीने, कृषि उत्पादन वृद्धिका लागि निःशल्क विद्युत सिँचाइ उपलब्ध गराउनेछ ।

विपन्न, दलित समुदायको लागि जिलला भरी एम्बुलेन्स सेवामा शतप्रतिशत र अन्य सामुदायलाई ५० प्रतिशत सहुलियत दिने छ ।  स्वास्थ्य क्षेत्र प्रवर्दनका लागि दीर्घ रोगीहरुलाई निः शुल्क औषधी वितरण गरिने,  दलित वर्ग उथानका लागि निः शुल्क स्वास्थय बिमा कार्याक्रम कायृन्वयन गरिने र सबै वर्गमा गुणस्तरी शिक्षा पहुँचका लागि विज्ञहरुसँग छलफल गरी स्वंमसेवक शिक्षक व्यवस्था मिलाई शिक्ष क्षेत्रलाई प्रभाकारी बनाउने जस्ता निर्णय पहिलो दिन लिइएका छन् ।

त्यस्तै न्यायमा पहुँचका लागि न्याय क्षेत्र व्यवस्थापन, महिला शसक्तिकारण र द्धन्द्ध व्यवस्थापन गरी गाउँपालिका शान्ति क्षेत्र विकासका लागि उपध्यक्षले पनि आफ्ना निर्णयहरु सार्वजनिक गरेका छन् । निर्णयका विभिन्न सरोकारवालाहरुले स्वागत गर्दै सफल कार्यन्वयनका शुभकामना पनि व्यक्त गरेका छन् ।

अध्यक्ष र उपध्यक्षलाई पद सम्बन्धी कार्य जिमेवारी जानकारी गराउँदै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रंजित अधिकारीले पदभार ग्रहन गराएका थिए । 

284153088_7577199595654772_435367849843312131_n

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब