सिरहा सदरमुकामका दशवटा कार्यालय अनुगमन : पाँच कर्मचारी अनुपस्थित

  • जेठ १४, २०७९ | ७५३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १४ जेष्ठ। जिल्ला प्रशासन सिरहाले सदरमुकामकै १० वटा कार्यालय अनुगमन गर्दा ५ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालयका भवेश कुमार झा र हरिकिशोर प्रसाद चन्द्रवंशी सहितको टोलीले शुक्रबार जिल्ला समन्वय समिति, मालपोत, नापी, स्वास्थ्य सेवा, हुलाक, पशुसेवा सहित १० कार्यालय १० जना कर्मचारी अनुपस्थित रहेको पाइएको होे।

सदरमुकामै कार्यालयहरुमा ठूलो संख्यामा कर्मचारी अनुपस्थित रहेको पाइएपछि अनुपस्थित कर्मचारी र कार्यालय प्रमुख समेतलाई तीन दिनभित्र स्पष्टिकरणको लागि पत्राचार गरेको छ।

‘अनुपस्थित हुने कार्यालय र ती कार्यालयका प्रमुखलाई लिखित रूपमा स्पष्टिकरण पेश गर्न पत्राचार भइसकेको बताउँदै प्रजिअ कवारीले चित्तबुझ्दो जवाफ नआए ती कर्मचारीलाई विभागीय कारबाही सम्म हुन सक्ने बताए। उनले अवको दिनमा जिल्लाका अन्य कार्यालयहरुमा पनि अनुगमन बढाउने जनाए।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब