भ्रष्टाचारको मुद्दा दायर हुँदा वडाअध्यक्ष साहको शपथ रोकियो

  • जेठ १५, २०७९ | ९६४ पटक पढिएको | सीमा संदेश
alt

सर्लाही । ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्षको शपथ ग्रहण रोकिएको छ । नवनिर्वाचित वडाध्यक्ष राम दुलार साहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएकाले तत्काल शपथ नखुवाइएको हो ।

निर्वतमान वडाध्यक्ष समेत रहनुभएका साहविरुद्ध पहिलो कार्यकालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।भ्रष्टाचारको मुद्दा दर्ता भएपछि निलम्बनमा परेका साह पुनः चुनावमा उठे र विजयी समेत भए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार साह प्रतिस्पर्धीको भन्दा २४ मत बढी ल्याएर दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएको हुन् ।साहले ४०६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र प्रसाद महतोले ३८२ मत मात्रै ल्याए ।

ईश्वरपुरमा अन्य जनप्रतिनिधिहरुले भने गएको सोमबार नै शपथ खाइसकेका थिए । ईश्वरपुरस्थित निर्वाचन अधिकृतको कार्यालयले नवनिर्वाचित वडाध्यक्ष साहविरुद्ध मुद्दा दायर भएको र त्यसको किनारा लाग्न बाँकी रहेकाले तत्कालका लागि शपथ नखुवाइएको जनाएको छ ।

शपथ ग्रहण नभएका कारण वडाध्यक्ष साहले पदभार ग्रहण गर्न पाएका छैन् । तत्कालका लागि वडा सदस्यहरुमध्ये ज्येष्ठताका आधारमा शैलिया देवी कुम्हारलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको छ ।

५२ वर्षीया कुम्हार यसअघि पनि वडा सदस्य थिए । अघिल्लो कार्यकालमा वडाध्यक्ष साह निलम्बनमा परेपछि कुम्हारले नै कार्यवाहक वडाध्यक्षको जिम्मेवारी निर्वाह गरेको थियो ।

ईश्वरपुर नगरपालिका वडा नं. ११ को भलुवाहीमा सडक निर्माण कार्य सम्पन्न गरेपश्चात उपभोक्ता समितिसँग लिएको १ लाख ५० हजार रुपियाँ घुससहित अख्तियारको टोलीले गएको कात्तिक २९ गते तत्कालिन वडा सदस्य सोनेलाल साह रौनियार र उमेश रायलाई लालबन्दीबाट रङ्गेहात पक्राउ गरेको थियो ।

अनुसन्धान गर्दै जाँदा वडाध्यक्ष रामदुलार साहको निर्देशनमा वडा सदस्य उमेश रायले घुसरकम लिएको र अर्का वडा सदस्य सोनेलाल साह रौनियारलाई राख्न दिएको खुलेको अख्तियारले जनाएको छ । यो मुद्दाको पेशी यही जेठ १९ गतेलाई तोकिएको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब