सिरहा नगरपालिकाका कार्यपालिकामा गठबन्धन विजयी

  • जेठ १७, २०७९ | ६४४ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, १६ जेष्ठ । सिरहा नगरपालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन उमेदवार विजयी भएका छन् । कार्यपालिका सदस्य निर्वाचनका लागि नेकापा एमालेले ५, नेपाली कांग्रेसले ५, जसपा नेपाल ३, नेकपा एकिकृत समाजवादीे २ र स्वतन्त्रबाट  ३ गरी कुल १८ जनाले उमेदवारी गरेका थिए । 

नेपाली कांग्रेस, जसपा नेपाल र नेकपा एकिकृत समाजवादी पार्टि बिच भएका गठबन्धनका कारण नेपाली कांग्रेसबाट इन्द्र देवी कर्ण, हिरा देवी राई कुर्मि, रामविलास मुखिया गरी ३ जना, जसपा नेपालबाट तारा देवी सदा, शोभा देवी यादब र अनिल कुमार कर्ण गरी ३ जना र नेकपा एकिकृत समाजवादीबाट रविन्द्र साह, रामकाशी देवी यादब गरी ८ वटै सिटमा विजयी हासिल गरेका छन् । नगरपालिका कार्यपालिका सदस्यका लागि ११० जनाले भोट हालेका थिए। 

यता पालिका स्तरमा नेकपा एमालेको मेयर÷उपमेयर र ८ वटा वडा, नेकपा एकिकृत समाजवादी पार्टिका ५ वडा,  जसपा नेपालका ४ वडा, नेपाली कांग्रेसका ४ वडा , माओवादी केन्द्रका १ वडा र स्वतन्त्रका १ वडामा विजय भएका छन् ।

केन्द्रिय र प्रदेश सरकारमा हुने बहुमत र अल्पमत खेल स्थानीय तहको सरकारमा पनि देखिएको छ । लोकतन्त्रमा अल्पमत हुनु सकारात्मक हुने धेरै राजनीतिक विश्लेषक बताउँछन् । सिरहा नगरपालिकामा पनि विकास गतिलाई अगाडी बढाउन सकारात्मक दिश निर्देशन होस् शुभकामना ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब