एमालेका दुई जनप्रतिनिधिलाई आफ्नै पार्टीका कार्यकर्ताले लगाए कालोमोसो र जुत्ताको माला

  • जेठ १७, २०७९ | ६२० पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, जेठ १७ गते । नेकपा एमालेका दुई नवनिर्वाचित जनप्रतिनिधिलाई आफ्नै पार्टीका कार्यकर्ताले कालोमोसो दलेका छन् ।  

चुनावमा अन्तर्घात गरेको भन्दै सोलुखुम्बुका एमाले कार्यकर्ताले आफ्नै दुईजना वडा सदस्यलाई कालोमोसो दल्दै जुत्ताको माला लगाएर कारबाही गरेका छन् ।

गएको स्थानीय तह निर्वाचनमा सोलुखुम्बुको सोताङ गाउँपलिका ४ मा एमालेबाट निर्वाचित वडा सदस्य सन्देश तामाङ र वडा नम्बर २ का निर्वाचित वडा सदस्य दुर्गाप्रसाद राई माथि कालोमोसो भएको हो ।

एमाले गाउँ कमिटी बैठकमा उनीहरुलाई कालोमोसो, जुत्ताको माला र कुटपिटसहित भौतिक आक्रमण भएको हो ।

चुनावको समीक्षा गर्न डाकिएको बैठकमा तामाङ र राईलाई कांग्रेसको पैसा खाएर पार्टीका उम्मेदवारलाई हराउने काम गरेको आरोप लगाउँदै एमाले कार्यकर्ताले कालोमोसो दलेर जुत्ताको माला लगाउँदै कुटपिट गरेका हुन्।

गाउँपालिकाको गाउँ कार्यपालिका गठनको लागि भएको निर्वाचनमा तामाङ र राई कांग्रेसको २५ हजार रुपैयाँ खाएर आफ्ना उम्मेदवारलाई हराएको आरोप एमाले कार्यकर्ताले लगाएका छन् ।

एमाले सोताङ गाउँ कमिटी अध्यक्ष वीरबहादुर राईले विज्ञप्ति निकाल्दै सोमबार सोताङ गाउँपालिकाको गाउँ कार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पार्टी ह्वीप विपरित कांग्रेसलाई भोट हालेको आरोप लगाएका छन् ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब