आईओसीको नयाँ मूल्यसूची : पेट्रोलको मूल्य २०२ रुपैयाँ

  • जेठ १९, २०७९ | ५७६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्राेलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । बुधबार आईओसीले पठाएको नयाँ मूल्य पठाएसँगै निगमलाई आगामी १५ दिनमा तीन अर्ब ७ करोड पचास लाख र मासिक ६ अर्ब १५ करोड रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ । 

अहिले निगमलाई पेट्रोलमा प्रतिलिटर २२.९३ रुपैयाँ, डिजेलमा १९.७३ रुपैयाँ र खाना पकाउन प्रयोग हुने एलपी ग्याँसमा प्रति सिलिन्डर ७५१.१४ रुपैयाँ घाटा हुने जनाइएको छ । 

अहिले नेपालमा पेट्रोल प्रतिलिटर १८०, डिजेल प्रतिलिटर १६३ र एलपी ग्याँस १८०० रुपैयाँमा बिक्री भइरहेको छ । 

आईओसीले पठाएको मूल्यसूचीअनुसार निगमलाई पेट्रोल खरिद गर्न प्रतिलिटर २०२.९३ रुपैयाँ, डिजेल १८२.७३ रुपैयाँ र एलपी ग्याँस २५५१.१५ रुपैयाँ पर्छ ।

निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा रहेको छ ।  मट्टीतेलमा प्रतिलिटर १५.०८ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७.३६ रुपैयाँ र बाह्यतर्फ प्रतिलिटर ६४.५७ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब