Sad Breaking : जनकपुरबाट भैरहवा हिडेको बस दुर्घटना, ९ जनाको मृत्यु, २४ घाइते

  • जेठ २२, २०७९ | ४३३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस पुलबाट तल खसेर दुर्घटना भएको छ ।

आज बिहान करिब ४ः३० बजेतिर रूपन्देहीको रोहिणी नदीमा बस दुर्घटना ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

रोहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट बस रोहिणी नदीमा खसेको हो ।

लु २ ख ३८४१ नम्बरको बसमा बसमा चालकसहित ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

घाइतेहरुको उद्धार गरेर प्रहरीले अस्पताल लगेको थियो। बस दुर्घटनामा २४ जना घाइते छन्।

उनीहरूको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल तथा युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

बस रोहिणी नदीमाथिको पुलको बार भाँचेर नदीमा खसेको थियो।

चालक निदाएको कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब