डिविजन वन कार्यालय लहानले बिच सडकमै गरियो वृक्षा रोप्न २५ लाख बजेट बिच सडकमा दुरउपयोग

  • भदौ १९, २०७९ | ८४९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाको बिच सडकमै डिभिजन वन कार्यालय लहानले वृक्षा रोप्न गरिएको छ ।

गाउँपालिकाको वडा नं. ३ र ४ को बिचमा रहेको सोनवर्षा चौक देखी उत्तर जाने सहिद रमेश महतो मार्गमा आ.व. २०७८।०७९ को रु. २५ लाख बजेटको बिच सडकमै विभिन्न प्रजातिका ९०० विरुवा लगाएको हो । सोनवर्षा चौक तथा भारत सीमासाँग जोडिएको उक्त सडक बेस्त र गाडीको बढी चाप हुने भएकोले दैनिक वृक्षा रोप्न क्षेत्रमा दुर्घटना भईरहेको स्थानीयवासीले बताए।

स्थानीयवासीका अनुसार उक्त सडक ६० फिट चौडा भएपनि कुन आधारले बिचमै वृक्षा रोप्न गरियो थाहा छैन् । हामीले नबेलको होइन, तर असार मसान्तमा हतार गरी वृक्षा रोप्न गरियो र यस विषयमा स्थानीय सरकार पनि केही नबोलेपछि हामी पनि चुप लागियौँ । हतार-हतारमा वृक्षा रोप्न कार्यले सबैको मिलोमतोमा भ्रष्टाचार भएको स्पष्ट देखिन्छ स्थानीयहरुका भनाई छन्।

वृक्षा रोप्न गरको  डिभिजन वन कार्यालय लहानले गाउँपालिकालाई संरक्षण गरी दिनु हुन पत्र पठाएको छ । तर कति विरुवा रोप्ने भने कुरा स्पष्ट खुलाएको छैन प्रमुख प्रशासकीय अधिकृत राज किशोर साहले बताए । यस विषयमा बुझन् सम्बन्धी वाडा कार्यालयहरुलाई पत्र पठाए पनि जनप्रतिनिधिहरुका ध्यान जना सकेन्न । वृक्षा रोप्न कार्य नियम विपरित नै भएको साहले स्वीकार गरे । 

वृक्षा रोप्नका विषयमा डिभिजन वन कार्यालय लहानको नि. डिभिजन वन अधिकृत शैलेन्द्र कुमार मिश्राले भने, कार्यक्रम कार्यन्वयनको वेला म प्रमुख थिएन्, सुभाष दास हुनुहुथ्यो । मैले भर्ख अनुगमन गरेको छु । साढे चार किलो मिटरमा वृक्षा रोप्न गरिएको छ । धेरै विरुवा मरेको पनि त्यसका लागि फेरि लगाउन निर्देशन गरको छु । सकडकै बिचको सवालमा स्थानीय सरकारले भन्नु पर थियो । लागउन दिन नदिन कार्य स्थानीय सरकारकै हो । स्थानीय सरकारकै सहमतीमा भएको होला मिश्रले बताउनु भयो ।

हो वातावरणका लागि वृक्षा रोप्न गनु रोम्रो कार्य हो । तर यसरी सार्वजनिक सडकमा नेपाल सरकारकै निकायहरुबाट अतिक्रमण गर्नु दुःख हो । जनतालाई नमूना गाउँपालिकाको सपना देखाएका नव जनप्रतिनिधिहरु पनि यस विषयमा केही नबोल्नु वृक्षा रोप्न कार्यक्रम पनि शंकाका घेरमा पर्छ । हुन त ९०० विरुवा लगाएको भनिन्छ । तर त्यती नै परिणामा विरुवा लगाएका देखिदैन् ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब