मधेश प्रदेश : एमाले र माओवादीका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

  • असोज १५, २०७९ | ३८५ पटक पढिएको | सीमा संदेश
alt

सर्लाही, असोज १५ गते । सर्लाहीमा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको हरिवनमा शनिबार दिउँसो झडप हुँदा ३ जना घाइते भएका छन् ।

घाइते तीनै जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । ३ जना घाइतेमध्ये घाइते शेष बच्चु काठमाडौँ र अर्का घाइते शेष इस्तियारलाई वीरगन्ज पठाइएको छ ।

हरिवन नगरपालिका–११, स्थित पाडा बजारमा भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको छ । अश्रुग्याँस प्रहार गरेपछि भीड तित्तरबित्तर भई स्थिति सामान्य बनिसकेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

प्रहरीले दिउँसो भएको झडपको घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । बजारमा कौडी उठाउने विषयलाई एमाले र माओवादीका कार्यकर्ताले राजनीतिक ‘इसु’ बनाइरहेका छन् ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब