प्रतिबन्धित प्लाष्टिकका फूल र माला बजारभरि बिक्री, हाेला त कारबाही ?

  • कार्तिक ५, २०७९ | २७१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । बिहीबार वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले नेपालीहरुको दोस्रो ठूलो चाड तिहार र छठलाई लक्षित गर्दै एउटा सूचना जारी गर्यो ।

तिहार र छठमा सबैभन्दा बढी फूलको खपत हुने र त्यही बेला फूलको अभावहुने भएकाले प्लास्टिकको माला खरिद विक्री हुने भन्दै विभागले सचेत गरायो । विभागले प्लास्टिकको फूलको माला र अन्य सामाग्री खरिद विक्री नगर्न आग्रह गरेको छ ।

तिहार र छठमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीहरु विक्री वितरण गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना हुने चेतावनी  छ ।

गत साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय भइसकेको थियो । सोही अनुसार नै प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरिएको विभागले जनाएको छ ।

विभागको अनुगमनका क्रममा उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुने जारी गरेको सूचनामा उल्लेख छ । तर बजारमा तिहार सुरु नहुँदै प्लास्टिकका फूल तथा मालाहरु बेच्न राखिएको छ ।

तिहारमा सबैभन्दा बढी भीडभाड हुने असन इन्द्रचोकमा प्लास्टिकका मालाहरु बेच्नका लागि राखिएको छ । व्यापारीहरु खुलमखुला त्यस्तो प्लास्टिकका मालाहरु बेचिरहेको छन् । कतिपय व्यापारीहरु प्लास्टिकको फूल सरकारले प्रतिवन्ध लगाएको जानकारी नभएको बताए ।

तिहारको बेला सयपत्रीको माला महंगो हुने र प्लास्टिकको माला लामो समय टिकिराख्ने भएकाले पनि प्लाष्टिकको मालाप्रति ग्राहक आकर्षित भएको व्यापारीहरु बताउँछन् ।

नेपालप्रेसकर्मी आज बिहान असन इन्द्रचोक पुग्दा पसलहरुमा निर्धक्कसँग प्लास्टिकका मालाहरु बेचिरहेका थिए । आफूहरुलाई प्लास्टिकका फूलहरु बेचे कारबाही हुन्छ भन्ने समेत जानकारी नभएको बताए । साथै अनुगमनको लागि पनि कोही सरकारी कर्मचारी नआएको बताए ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब