आज बटसावित्रीको पर्व मनाईदै

  • जेठ ५, २०८० | ७१७ पटक पढिएको | सीमा संदेश
alt

शुक्रबार व्रत बसेर मिथिलांचलसहित देश विदेशका महिलाहरुले बटसावित्री पर्व मनाउने भएका छन् । यस अवसरमा महिलाहरुले बिहानै स्नान गरी पवित्र बनेर वट वृक्षमा जल फलफूल चढाउनुका साथै धागोले बटवृक्षमा बन्धन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा जनकपुरधामको विभिन्न सरोवरको डिल तथा मठ मन्दिरको प्रांगणमा रहेको बटको वृक्षको पूजा गर्न महिलाहरुको घुइँचो लाग्ने गरेको छ ।

मिथिलाञ्चल क्षेत्रमा खास गरी नवविवाहिताका लागि यो पर्व अत्यन्त महत्वपूर्ण मानिन्छ । वृक्षको पूजा गरी वृक्ष झैं अटल रुपमा श्रीमान अमर रहोस भन्ने आस्थाका साथ बटवृक्षको पूजा गर्ने गरेको चलन रहीआएको छ । बट अर्थात् बरको रुख र सतिसावित्रीको जीवनसँग जोडिएको र बरको रुखमुनि बसेर पतिको दीर्घायुका लागि पूजा गर्ने गरिएकाले यस पर्वलाई बटसावित्री पर्व,बरसाइत पर्व पनि भन्ने गरिन्छ । हिन्दु धर्मको मान्यता अनुसार जेठ औंसीमा बरको रुखमा ब्रह्मा, विष्णु र महेश वास हुने भएकाले यो पर्वमा वर रुखको पूजा गरेको खण्डमा त्रिदेव खुशी हुने धार्मिक विश्वास रहीआएको छ । यस पर्वको अवसरमा विवाहिता स्नान गरी नववस्त्र धारण गरी आँप, लिच्ची, स्याउ, केरा, अकुरी मिठाइका साथै अनिवार्य रुपमा बाँसको नयाँ पंखा लिएर बरको रुखमुनि बसेर पूजा गर्ने चलन रहीआएको छ ।नागनागिनका लागि धानको लाबा र दूध पनि चढाउने गरिन्छ ।

स्कन्धपुराणमा पनि मद देशका राजा अश्वपतिकी छोरी सावित्रीको शाल्वदेशको प्रदमत्ससेनको छोरा सत्यवानसँग विवाहको चर्चा छ । यसको कथामा भनिएको छ, ‘मद देशका राजा अश्वपतिले आफ्नी सुयोग्य छोरी सावित्रीका लागि सुयोग्य बर (बेहुला) खोज्न सक्नुभएन । त्यसपछि, छोरी सावित्रीलाई आफ्ना लागि सुयोग्य बर खोज्न राजाले सुझाव दिए । सावित्रीले सुयोग्य बर खोजेर घर फर्केपछि, त्यहाँ नारदमुनिसँग साक्षात्कार भयो । सावित्रीले शाल्वदेशका राजा द्युमत्सेनका छोरा सत्यवानलाई मन पराएको जानकारी गराए । राजा द्युमत्सेन दृष्टिहीन भएपछि रुक्मी नामका राजाले राज्य कब्जा गरेकोले उनीहरु यतिखेर जंगलमा बस्ने गरेको सावित्रीले जानकारी गराइन् । यस विषयमा नारदले जानकारी पाउनासाथ सत्यवान अल्पायु रहेका कारण विवाह नगर्न सुझाव दिए पनि सावित्रीले सत्यवानलाई पतिका रुपमा मनमनै वरण गरिसकेकाले अब उहाँसँगै विवाह गर्ने अडान लिएपछि विवाह सम्पन्न भएको थियो । सावित्रीले मृत्युवरण गरिसकेका आफ्ना पति सत्यवानलाई आफ्ना बुद्धि र सतित्वको बलमा यमराजबाट पतिको जीवन फिर्ता ल्याएर दीघार्युको आशीर्वाद पनि प्राप्त गर्न सफल भएकी थिइन् । यसका लागि सावित्रीले कठोर तपस्या गरेको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । सत्यवानको मृत्यु भएपछि सावित्रीले आफ्नो बुद्धिमताले यमराजलाई प्रसन्न गरी पतिको जीवन फिर्ता लिनुका साथै दीर्घायुको वरदान, ससुराको आँखाको ज्योति, गुमेको राज्य र एक सय पुत्रको वरदान प्राप्त गरिन । त्यही समयदेखि पतिको दीर्घायु, सुस्वास्थ्य र मंगलमय कामनाका लागि यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।

धार्मिक विधिपूर्वक आजको तिथिमा वरको रुखमुनि बसेर विवाहिताले पूजापाठ गरेको खण्डमा पति दीर्घायु हुने विश्वासका साथ यो पर्व मनाउने चलन रहीआएको छ । पहिला मैथिली ब्राह्मण, कायस्थ, देव र स्वर्णकार जातिका महिलाहरु मात्रै मनाउथे । भने अहिले अधिकांश जातिका महिलाहरुले मनाउने गरेको देखिन्छ । नवविवाहितालाई पहिलोपल्ट पर्व मनाउन ससुरालीबाट नयाँ वस्त्रका साथै विभिन्न प्रकारका कोसेली, माटोको कलात्मक नाग, नागिन, गौरी र बेहुलाबेहुलीको मूर्ति पठाउने गरिन्छ । सर्पको डसाइबाट जोगिने उद्देश्यले नागनागिनको पूजा गरिन्छ । महिलाहरु एक ठाउँमा बसेर वटसावित्रीको कथा सुन्ने गरेको परम्परा छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब