रेलवे स्टेशनमा महिलाको पौने तीन लाख लुटियो

  • साउन ८, २०८० | ८०७ पटक पढिएको | सीमा संदेश
alt

श्रीमानले विदेशबाट पठाएको पौने तीन लाख रुपैयाँ जनकपुरधाम रेल्वे स्टेशनमा एकजना महिलाबाट लुटिएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका – ६ कठाल घर भएकी सुनिताकुमारी यादवबाट २ लाख ७० हजार रुपैयाँ लुटिएको छ । रेलमा चढ्ने वित्तिकै उनले बोकेकी ह्याण्ड ब्याग गायब भएको बताइएको छ ।

लुटिएकी महिला यादवले जनाए अनुसार एनआइसी एसिया बैंकबाट झिकिएको २ लाख ७० हजार नगद ब्यागमा रहेको थियो । उनले ब्यागमा करीब १० हजार मूल्य पर्ने सुनको गरगहना समेत रहेको जनाएकी छन् । ‘एनआइसी एसिया बैंकमा श्रीमानले विदेशबाट पठाएको रुपैयाँ घर व्यवहारका लागि झिकेकी थिए ’ उनले भने, नगद राखिएको ब्यागमा १० हजार जतिको सुनको गरगहनासमेत रहेको थियो । रेलवेमा चढने वितिकै ब्याग खोज्दा गायब भएको उनले बताइन् ।तत्काल नै घटनाबारे रेलवे स्टेशनमा रहेका प्रहरीलाई जानकारी गराइएको उनले बताइन् ।

उनका श्रीमान सञ्जु यादव खाडी मुलुकमा छन् । गाउँमा सुनिताले जग्गा खरिद गरेकी थिइन् । जग्गाधनीलाई दिन भनी बैंकबाट निकालिएको रुपैयाँ घर लग्ने क्रममा लुटिएको उनले बताइन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले रेल्वे स्टेशनमा महिलाको ब्याग चोरिएको बताए । उनले घटनाको अनुसन्धान भइरहेको बताउँदै अपराधीको खोजी कार्यलाई तीव्र बनाइएको बताए ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब