गाउँपालिकाद्वारा सहकारीलाई कारबाही

  • साउन ९, २०८० | ८२६ पटक पढिएको | सीमा संदेश
alt

भाडामा भैंसी ल्याएर अनुदानको भन्दै किसानलाई वितरण गरेका सहकारीलाई कानुन बमोजिम कारबाही गर्ने र भुक्तानी रोक्ने निर्णय औरही गाउँपालिकाले गरेको छ ।

औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले वडा नम्वर ४ स्थित खजनपुर सहकारी संस्थालाई कारबाही गर्ने निर्णय गरेको बताए । उनले भने, ‘आइतबार बसेको कार्यपालिका बैठकले भैंसी वितरणमा अनियमितता गरेकाले उक्त सहकारीलाई भुक्तानी नदिने र कालो सूचीमा राख्ने निर्णय गरेका छौं ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गाइ/भैंसी साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमका लागि उक्त सहकारीलाई गाउँपालिकाले छनोट गरेको थियो ।

उक्त कार्यक्रमका लागि २५ लाख बजेट थियो । जसमा १५ लाख भैंसी वितरण र १० लाख औषधि, च्याप कटर, दूध राख्ने भाँडो, घाँसको वीउ वितरणका लागि छुट्याइएको थियो । वितरण गर्ने भैंसी उन्नत जातको १ लाख ५० हजार बराबरको हुनुपर्ने र कुल रकमको ५० प्रतिशत किसानले व्यहोर्ने सम्झौता गाउँपालिका र सहकारीबीच भएको थियो । तर कार्यक्रम गर्दा उन्नत जातको २० थान भैंसी वितरण गर्नुपर्नेमा व्यापारीबाट ३ हजारका दरले भाडामा ल्याएको १७ थान लोकल भैंसी मात्र १७ किसानलाई बाँडेर उक्त सहकारीले गाउँपालिकाबाट भुक्तानी लिन खोजेको थियो । भाडाको भैंसी किसानलाई बाँडेको र पुनः फिर्ता लिएको आरोप लागेपछि गाउँपालिकाले छानविन समिति समेत बनाएको थियो ।

छानविन समितिले समेत सहकारीले भाडाको लोकल भैंसी किसानलाई वितरण गरेको र किसानबाट पुनः फिर्ता लिइ अनुदानको दुरुपयोग गर्न खोजेको ठहर गर्दै कानुन बमोजिम कारबाही र भुक्तानी नगर्न सुझाव दिएको आधारमा कार्यपालिका बैठकले निर्णय लिएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब