स्कूलमा कुटिए बालक

  • साउन १७, २०८० | ४२९ पटक पढिएको | सीमा संदेश
alt

धनुषाको मिथिला नगरपालिका स्थित न्यू होराइजन इङ्गलिश बोर्डिङ्ग स्कूलमा एक ६ वर्षीय बालक निर्घात कुटिएका छन् ।

धनुषाको मिथिला नगरपालिका बेङ्गाडाबरस्थित स्कूलमा बालकले चकचक गरेको भन्दै स्कूलका शिक्षकले कुटपिट गरेका छन् । शिक्षकको कुटाइबाट बालकको पिठ्यू, हात तथा घाँटीमा चोट लागेको छ ।

मिथिला नगरपालिका ढल्केवर बजार स्थायी घर भइ न्यू होराइजन इङ्गलिश बोर्डिङ्ग स्कूलको कक्षा १ मा पढ्दै गरेका सुजल कुशवाहालाई शिक्षकले निर्घात कुटपिट गरेका छन् । सोमबार विहान करीब ९ बजेको समयमा स्कूलमा बच्चाहरुले चकचक गरेको भन्दै शिक्षक मोहन महतोले निर्घात कुटेको अभिभावक ओम विक्रम कुशवाहाले जानकारी दिए । अभिभावक कुशवाहाले भने,‘अझै चकचक गर्छस, किन चकचक गरेको, अझै बदमासी गर्छस । बदमासी गरिस भने यसरी नै पिटाइ खान्छस’ भन्दै शिक्षक महतोले लाठीले हिर्काएका थिए । यसरी कलिला बालबालिकाहरुलाई हिर्काउनु शैक्षिक मर्यादा विपरीत भएको कुशवाहाको भनाइ छ । ‘यसरी स–साना अवोध बालकहरूलाई मरनासन्न हुने गरी कुट्ने हो, यति सानो बच्चालाई यसरी कुट्यो भने अर्को दिन स्कूल कसरी पठाउनु’ कुशवाहाले ६ वर्षीय अवोध बालक कुट्नेलाई कारबाहीको माग गर्दै भने, ‘स्कूलमा बच्चाले चकचक गर्यो भन्दै कुट्न पाइन्छ ? स्कूलमा हामी बच्चालाई केही सिक्न पठाउँछौ अनि हाम्रो बच्चालाई यसरी पिटेर पठाउने कहाँको न्याय हो

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब