सामुद्रिक आँधी ‘मिचाउङ’को प्रभाव, पूर्वी नेपालमा विमान उडान/अवतरण प्रभावित हुनसक्ने

  • मंसिर १९, २०८० | ४२६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव  रहेको छ । देशको पूर्वी भू–भागमा बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ । जसका कारण मौसममा बदली आएको छ । 

‘मिचाउङ’को प्रभाव पूर्वी भागमा बढी रहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । “मिचाउङको असर पश्चिम र मध्य नेपालमा खासै पर्ने देखिँदैन,” उनले बाह्रखरीसँग भने, “तर पूर्वी नेपालमा भने यसले हावाको गती बढाइरहेको छ ।” 

हावाको गती बढाउँदा यसले पूर्वी नेपालका भद्रपुर र विराटनगर विमानस्थलबाट हुने उडान प्रभावित हुनसक्ने मौसमविद् अधिकारी बताउँछन् । तीव्र गतिमा हावा चल्ने भएकाले विमान उडान र अवतरणमा समस्या हुनसक्ने उनको भनाइ छ । 

“मिचाउङको प्रभाव र भोलि रहनेछ । त्यसपछि यसको प्रभाव कम हुँदै जानेछ,” उनले भने, “हावाको गति बढाए पनि यसले पानी भने पार्ने छैन ।”

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी र लुम्बिनी प्रदेशका साथै पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । 

विभागले दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।  देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

“वाग्मतीका केही स्थानमा वर्षाको सम्भावना रहे पनि काठमाडौं उपत्यकामा भने वर्षाको सम्भावना छैन,” मौसमविद् अधिकारीले भने । 

विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी  प्रदेशमा आंशिक बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोसी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा र हिमपातसँगै देशभरको तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ । 

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब