सिरहा, ६ पुस। सिरहामा बालिका बलात्कार गरेको अभियोगमा एक वृद्ध पक्राउ परेको छ। सिरहाको गोलबजार नगरपालिकाका पाँच पर्षिय बालिका बलात्कार गरेको आरोपमा ८० वर्षिय बृद्धा पक्राउ परेको हो।
घरमा कोही नभएको बेला बालिकालाई ललाई फकाई बलात्कार गरेको बालीकी छिमेकीले जानकारी दिए। उनले गाउँ घरका सवै मानिसहरु काम कामका गएका बेला विहिवार अपरान्ह बालिकालाई ललाई फकाई बलात्कार गरेछ। बेलुका अभिावक आएपछिमात्र घटनाबारे जानकारी भएको उनले बताए।
घटना जानकारी पाए लगतै प्रहरीलाई खवर गरेका थिए। तत्काल पुगेको प्रहरीले बृद्धालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पुरा गरी आजै मुद्दा दर्ता गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका निमित्त प्रमुख इन्सपेक्टर रामप्रसाद कापकोटाले जानकारी दिए।
प्रहरीले आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved