लहान मेयर गोल्डकपको फाइनलमा सलहेश युवा क्लव

  • माघ २९, २०८० | ३१६ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको सल्हेश युवा क्लब यहाँ जारी दोस्रो लहान मेयर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनकुटा एफसीलाई स्तब्ध पार्दै सिरहा उपाधि होडमा उक्लिएको हो ।

पशुपति आदर्श माविको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा धनकुटालाई ४-२ गोलअन्तरमा पराजित गर्दै सिरहाले कम्तिमा १ लाख ५० हजार सुरक्षित गरेको छ ।

सुरुवाती अग्रता धनकुटाले लिएको थियो । तर, सिरहाले १-० गोलले पछि परेको स्थितिलाई उल्टाउँदै फाइनलमा साविक विजेता विरगञ्ज युनाइटेडसँग भेट पक्का गरेको छ ।

धनकुटाका मनिष राईले खेलको २४औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर, ३३औँ मिनेटमा सिरहाका सुनिल खड्काले गोल गर्दै बराबरीमा ल्याइपुराएका हुन् ।

सिरहाका सुनिल खड्काले यस खेलमा ह्याट्रिक पूरा पनि गरे । उनले खेलको ४१औँ र ६९औँ मिनेटमा ह्याट्रिक पूरा गरेका हुन् । यसबीचमा सिरहाका लागि विदेशी खेलाडी अबायोमीले खेलको ५३औँ मिनेटमा गोल गरेर ४-१ गोलको फराकिलो अन्तर निकालेका थिए ।

यसैबीच, धनकुटा आकाश राईले गोल गरेर खेलमा फर्किने प्रयास गरेका थिए । खेलको ८०औँ मिनेटमा आकाशको गोलसँगै नतिजा ४-२ मा झरेको थियो । तर, बाँकी समय सिरहाले आफ्नो पक्षमा पार्दा पाहुना टोली धनकुटा सेमिफाइनलबाट घर फर्कियो ।

खेलको म्यान अफ दी म्याच ह्याट्रिककर्ता सिरहाका सुनिल खड्का भए । उनलाई नगद ३ हजार र ट्रफी प्रदान गरियो । फाइनल खेल फागुन १ गते हुनेछ ।

लहानको हिम कस्तुरी युवा क्लबको आयोजना तथा लहान नगरपालिकाले प्रायोजन गरेको गोल्डकपको विजेताले नगद ३ लाख र आकर्षक ट्रफी पाउने छ भने विधागत पुरस्कारतर्फ जनही ५-५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पाउने छ ।

कमलामा देवी मेलामा धामीझाँक्री र श्रद्धालुको घुइँच

मिथिलाको पौराणिक, धार्मिक तथा सांस्कृतिक परम्परासँग जोड ...

विश्वभर हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या,

विश्वभर गत वर्ष प्रत्येक घण्टा औसत पाँच महिला तथा बालिक ...

मंसिर ९ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ९ गते । बुधबार । ...

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब