कफ्र्युमा प्रदर्शन, २१ जना पक्राउ

  • फागुन ९, २०८० | ३३४ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकामा लगाइएको कफ्र्यु उल्लंघनगर्दै मंगलवार प्रदर्शन भएको छ । कप्र्यु उल्लंघनगर्दै प्रदर्शन गर्ने प्रदर्शनकारीहरु मध्ये प्रहरीले २१ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले कफ्र्यु उल्लंघन गर्नेहरु मध्ये २१ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।उनीहरु १० बजे राती सम्म रिहा भएका छैनन् । जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको कफ्यु मंगलवार बिहान खुकुलो बनाइएको थियो । प्रशासनले अप्रिय घटना नहोस भनि सोमबार देखि कफ्र्यु आदेश जारी गरेको जनाएको छ ।

वीरगञ्जमा भएको प्रदर्शनलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकबाट विभिन्न पाँच बुँदे सहमतिगरि तनाव नवढाउन सवै पक्ष संग आग्रह गरिएको छ । बैठकमा सवै जातजाति, भाषा, धर्म, समुदाय बीचको एकतालाई अझ मजबुत बनाई नेपाली जनता बीचको सम्बन्ध एवम् एकतालाई अखण्ड राख्ने निर्णय गरिएको छ ।

एक अर्काको आस्थाको केन्द्र तथा धार्मिक स्थलहरुको सम्मान गर्दै यस्ता स्थान तथा धार्मिक स्थलहरुमा नारावाजी, जुलुस लगायतका विरोधका कार्यक्रम नगर्ने नगराउने, शान्ति सुरक्षा र अमनचयनमा खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सद् भाव विगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका अवाञ्छित गतिविधिहरु नगर्ने, लाठी, भाला, जुलुस निकाल्ने लगायतका क्रियाकलाप गर्ने विरुद्ध कानुन बमोजिम कारबाही गर्न प्रशासन समक्ष अनुरोध गर्ने लगायतको निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जनाएका छन् । नागरिकको सेवा सुविधालाई मध्यनजर गर्दै सोमबार अबेर राति जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गर्दै मंगलबार बिहान ६ बजे देखि १० बजे सम्म ४ घण्टाका लागि कफ्र्यु खुल्ला गरेको थियो ।

बिहान १० बजेदखि भने कर्फ्यू आदेश पुनः लागु गरिएको छ । कफ्र्यु आदेशको पालना नगरी टायर बालेर प्रदर्शन तथा नाराबाजी गरेको भन्दै पर्सा प्रहरीले २१ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।

यता, वीरगञ्जमा २१ जनालाई समातेको विरुद्धमा नारावाजी गरेको भन्दै जनकपुरधाममा दुई जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेकाहरुलाई छाडि सकेको धनुषाका प्रहरी निरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । यसैबीच मुस्लिम आयोगले जारी गरेको विज्ञप्तिमा मुसलमानहरुको धार्मिक स्थलहरुमा समाजिक सदभाव खल्बलाउनेहरुले आक्रमण गरेकाले पक्राउगरि कार्वाह ीगर्न माग गरिएको छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब