कृषि ज्ञान केन्द्र, सिरहा माथि भ्रामक, असत्य र कपोलकल्पित आरोप, कर्ण कर्मचारी नरहेको प्रमुख भनाई

  • फागुन ३०, २०८० | ५८५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ३० फाल्गुन । केही दिन देखि कृषि ज्ञान केन्द्र सिरहाको नाम जोडेर करार सेवामा कार्यरत कर्मजारी अजय कुमार कर्णले किसानहरुलाई अनुदान ट्रयाक्टर मिलाई दिने आश्वासन दिदै लाखौँ रकम असुल गरी फरार भएको भन्ने विभिन्न मिडियामा प्रकाश नगरिएको  समाचार भ्रामक, असत्य र कपोलकल्पित भएको पत्रकार समेलन गरी ज्ञान केन्द्रका प्रमुख नरेन्द्र कुमार महासेठले एक विज्ञप्ति सार्वजनिक गरी बताएको छ।

कर्ण मिति २०८०।०६।०५ गते सम्म मात्र कृषि ज्ञान केन्द्रमा करार सेवामा कार्यालय सहयोगीका करार कर्मचारी रहेको थियो । ततप्श्चात कर्ण कार्यालयमा नआएको हाल यस कार्यालयको कर्मचारी नरहेको महासेठले बताए । 

५० प्रतिशत अनुदानमा किसानका लागि ट्रयाक्टर वितरण जस्ता कार्यक्रम पनि ज्ञान केन्द्रमा नरहेको, ज्ञान केन्द्रकै नाममा ठगी गरेको जानरकारी पनि कुनै किसानले नगराएको र सुब्बा सरह कम्प्युटर अपरेटर कर्मचारी पद खुलाउने कार्ड हाम्रो पालनमा बनाएको नदेखिएकोले प्रकाशन गरीएका समाचार कपोलकल्पित रहेको महासेठले  बताए ।

यस्ता किसिमका समाचार प्रकाशन भन्दा अगाडी कार्यालयको पनि विचार सम्प्रेसन हुने गरी समाचार प्रकाशन गर्न हुन अनुरोध छ । नगारिकलाई भ्रामित गर्ने गरी समाचर प्रकाशन तथा प्रशारण नगरी सत्य तथ्य कुरालाई बुझि मात्र समाचर प्रकाशन गर्न महासेठले अनुरोध गरे ।

ठगीको घटना सम्बन्धित कार्यालयलाई जोडिएकोले यस घटनालाई सहि सत्य तथ्य छानभिन्न गरी दोषी माथि करवाहिका लागि कषि ज्ञान केन्द्र सिरहाले पनि सम्बन्धित निकायहरुलाई पत्र पठाई सकेको महासेठले जानकारी गराएको छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब