पर्यटन विकास कार्यालयमा लाखौंको अनियमितता

  • चैत ९, २०८० | ६१५ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकार मातहतको पर्यटन विकास कार्यालय धनुषामा लाखौंको अनियमितता भएको छ । गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको ६ महिनामा करोडौ रकम हिनामिना भएको स्रोतहरुले जनाएका छन् ।

चालु आर्थिक वर्षको कार्यक्रम स्वीकृत भई सञ्चालन नहुँदै कार्यालयले बिभिन्न शीर्षकमा झण्डै ५३ लाख रुपैयाँ खर्च गरिसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगायतको नाममा रकम खर्च गरिएको छ । दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरी डीपीआर गराइएको छ । स्रोतहरुका अनुसार कार्यालयमा दैनिक ज्यालादारी कर्मचारीलाई एक वर्षे नियुक्ति सम्झौता गरिएको छ ।

कमिसन नदिनेहरुको सवा ३ करोड रकम गत आर्थिक वर्षमा भुक्तानी नगरिएको ठेकेदारहरुले जनाएका छन् । उनीहरु दिनहुँ मन्त्रालयमा भुक्तानीका लागि दौडधुप गरे पनि हालसम्म भुक्तानी पाएका छैनन् । दैनिक ज्यालादारीमा इञ्जिनियरहरुलाई खटाएर डीपीआर गराइएको बताइएको छ । तर ती कार्यहरु गराइएको बेला कार्यालयको कार्यक्रमसमेत स्वीकृत भएको थिएन् । यस सम्बन्धमा कार्यालय प्रमुख बासु भटट्ले केही त्रुटि भएको स्वीकारेका छन् । ‘करिब ५३ लाख रुपैयाँ कार्यक्रम स्वीकृत नहुँदै खर्च भएको देखिएको छ ’ उनले भने, त्यसमा आफ्नो संलग्नता रहेको छैन् ।

कार्यालयका पूर्व प्रमुख मिन बहादुर भट्टराईले अनियमित रुपमा गरेका काममा लेखा अधिकृत नविन कुमार झा साक्षी बसेका छन् । प्राविधिक तथा लेखा सहायक पदमा दैनिक ९६५ रुपैयाँ तलब, भत्ता पाउने गरी महोत्तरी जिल्ला मनरा सिस्वा नपा–९ बथनाहा बस्ने दिलीपकुमार झा , महोत्तरी जिल्लाकै पिपरा गाउँपालिका वडा नम्बर १ बस्ने इन्द्रेशकुमार झालाई साधारण सुपरभाइजरमा २०८० साउन ४ गते देखि २०८१ असार मसान्तसम्मका लागि नियुक्त गरिएको छ ।

कार्यालय प्रमुख भट्टले दैनिक ज्यालादारी(डोर हाजिर)का कर्मचारीलाई वार्षिक रुपमा नियुक्ति दिनु कानुन सम्मत नरहेको स्वीकारेका छन् । तर निमित्त कार्यालय प्रमुख भ्टटराईले नै यस प्रकारको सम्झौता गरेको उनले बताए । निमित्त प्रमुख भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दाबाट निलम्बनमा परेका छन् । उनीमाथि स्रोत भन्दा ३ करोड बढी रकम आर्जन गरेको अभियोग छ ।

निमित्त प्रमुख भट्टराई रहेको बेला गत आर्थिक वर्षमा काम सम्पन्न गरिसके पनि कमिसन नदिएको कारण चेक नबनाइएको ठेकेदारहरुको आरोप छ । भुक्तानीका लागि कार्यालयमा कुटाकुट समेत भएको थियो । विभिन्न कन्टीजेन्सीबाट प्राप्त रकम मध्ये निमित्त प्रमुख भट्टराई र लेखा अधिकृत नविन कुमार झाले रकम अनियमितता गरेको बताइन्छ ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब