सडकमा माछा फालेर विद्युत महशुल घटाउन मागगर्दै किसानले गरे प्रदर्शन

  • चैत ९, २०८० | ४२३ पटक पढिएको | सीमा संदेश
alt

सर्लाही, ९ चैत। सर्लाहीका माछापालक किसानले शुक्रबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत फूलजोर चोकस्थित सडकमै माछा फालेर प्रदर्शन गरेका छन्।

एक्कासी बढाइएको विद्युत् महशुल फिर्ता गरी पहिलेकै महशुल कायम गर्न माँग राख्दै माछाको पकेट क्षेत्र मानिने ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका किसानले प्रदर्शन गरेका हुन्।

उनीहरुले सडकमै माछा फालेर केहीबेर नाराबाजीसहित चक्काजाम समेत गरेका थिए।

माछापालक किसान ईश्वरपुर नगरपालिका ३ का रामनारायण सहनीले अहिले बढाएको विद्युत् महशुल अनुसार माछापालन गर्दा आफूहरुलाई टिक्नै गाह्रो पर्ने दुःखेसो पोखे। उनले विद्युत् महशुल बुझाउन नसकेर व्यवसाय नै त्याग्नुपर्ने अवस्था आएपछि सडकमा उत्रिएको बताए।

आन्दोलित माछापालक किसानले विद्युत्को पुरानो महशुल कायम गर्न माग गरेका छन्। किसानले भारतीय माछाका कारण आफूहरुले उत्पादन गरेको माछाले भाउ नै नपाइरहेको अवस्थामा चर्को विद्युत् महशुल लिँदा व्यवसायमा टिक्नै मुस्किल परेको गुनासो गरेका छन्।माछापालन किसानसँगै प्रदर्शनमा उत्रिएका ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले आफ्नै ठाउँमा माछापालन गरेर आयआर्जनमा लागेका किसानलाई विद्युत् महशुल वृद्धि गरेर अन्याय गरिएको बताए। मेयर आचार्यले माछापालक किसानको माग सम्वोधनका लागि आफू सिंहदरबारमै पुगेर लम्पसार पर्न समेत तयार रहेको बताए।

नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रले कृषि मिटर राख्दै आएका माछापालक किसानलाई गएको साउनदेखि उद्योग अन्तर्गत राखेर विद्युत महशुल उठाउँदै आएको पत्रकार मुकेश झाले बताएका छन।

लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर त्रिभुवन यादवले माछापालनका लागि सिँचाई मिटरको प्रयोग गर्न नपाइने बताए। इन्जिनियर यादवले सरकारले माछापालनलाई कृषि अन्तर्गत राखेपनि विद्युत प्राधिकरणको नियमावलीमा त्यासे उल्लेख नरहेको बताए।

प्राधिकरणले कृषि मिटरको महशुल प्रति युनिट दुई रपियाँ २५ पैसा लिँदै आएको छ। माछापालक किसानले माछापालनका लागि प्रयोग भएको मिटरको पनि सोही अनुसार महशुल लिनुपर्ने माग राखेर आन्दोलन सुरु गरेका हुन्।

माछापालक किसानको प्रदर्शनमा ईश्वरपुरका नगरप्रमुख आचार्य, पूर्व नगरप्रमुख मनोजकुमार देवकोटा, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ र विभिन्न राजनीतिक दलका नेताहरु समेत सहभागी भएका छन्। न्युज कारखाना

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब