अबको एक हप्ता अधिकतम तापक्रम घट्ने

  • वैशाख २१, २०८१ | ३५४ पटक पढिएको | सीमा संदेश
alt

अबको एक हप्ता देशका धेरै ठाउँहरूमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नभए पनि अधिकतम तापक्रम औसतको तुलनामा भने घट्ने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले साप्ताहिक कृषि मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै हप्ताको मध्य तथा अन्त्यतिर केही ठाउँमा पानी पर्ने जानकारी पनि दिएको छ ।

महाशाखाका अनुसार आउँदो हप्ताको मध्य तथा अन्त्यमा लुम्बिनी प्रदेशको पहाडी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हप्ताको शुरुमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हप्ताको मध्यमा बाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै ठाउँहरूमा तथा मधेश प्रदेशको तराई भू–भागको एक/दुई ठाउँमा र हप्ताको अन्त्यमा तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हप्ताको मध्य र अन्त्यमा कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । यस्तै हप्ताको मध्य र अन्त्यमा देशभरका तराई तथा पहाडका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

आज पनि कोशी र गण्डकी प्रदेशका केही ठाउँमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब