सिराहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

  • वैशाख २८, २०८१ | २३९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सदरमुकाम सिराहामा रहेको क्षमताभन्दा तीन गुणा धेरै कैदीबन्दी राखिएको पाइएको छ ।

सिराहा कारागारका निमित्त प्रमुख राजगिर साहका अनुसार आइतबार अपराह्नसम्म सिराहा कारागारमा दुई आश्रित बालबालिका, २६ महिला र ४८० जना पुरुष कैदी थुनुवा गरी कुल ५०८ जना राखिएका छन् । 

उनका अनुसार कारागारमा २५१ पुरुष र १५ महिला कैदी तथा २२९ पुरुष र ११ महिला थुनुवा र दुई आश्रित बालबालिका छन् ।

विसं २०२८ मा स्थापित सिराहा कारागारमा १५ महिला र १३५ पुरुष गरी कुल १५० जना कैदीबन्दी बस्ने क्षमता भए पनि तीन गुणाभन्दा पनि बढी कैदी र थुनुवा राखिएपछि तीन–तीनजनासँग मिलेर सुत्नुपर्ने बाध्यता रहेको कैदी बन्दीले गुनासो गरेका छन् ।

क्षमताभन्दा बढी बन्दी रहदा शौचालय, खानेपानीलगायतका समस्या रहेको पनि उनीहरूले गुनासो गरेका छन् ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब