जलेश्वरका मेयर-उपमेयरसहित १२ जनालाई भ्रष्टाचार मुद्दा, योजनामा उपभोक्तासँग मिलेमतो गरेको अभियोग

  • वैशाख २८, २०८१ | २४७ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दामा मेयर सुरेश साह, उपमेयर रौशन खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साथै उपभोक्ता समितिका पदाधिकारीलाई पनि प्रतिवादी कायम गरिएको छ ।

जलेश्वर नगरपालिका- १ स्थित हाटबजार क्षेत्रमा ०७९/८० मा गरिएको ढलानमा गुणस्तरहीन सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैटौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सव-इन्जिनियर दीपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषीदेवीलाई प्रतिवादी बनाएको हो ।
 
अख्तियारका अनुसार प्रमुख प्रशासकीय अधिकृत ढकाल र अधिकृत छैटौं झाले पीसीसी ढलान योजनाको वास्तविक भए गरेको भन्दा उपभोक्तालाई बढी भुक्तानी दिएका थिए । ५ लाख ८४ हजार ६३७ रुपैयाँ बढी भुक्तानी गरेको देखिएको भन्दै आयोगले सो बमोजिमको बिगो जरिवाना दाबी गरेको छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब