पतिको दिर्घायुको कामना गर्दै मिथिलानीहरु आज वटसावित्री पर्व मनाउँदै

  • जेठ २४, २०८१ | ५८६ पटक पढिएको | सीमा संदेश
alt

पतिको दिर्घायुको कामना गर्दै मिथिलानीहरुले आज वटसावित्री पर्व मनाउँदै छन् । जनकपुरधाम लगायत ग्रामीण भेगमा नवविवाहित महिलाहरु वरको रुखमा रातो पहेलो धागो बाँधेर पतिको दिर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँने गर्दछन् ।

वटसावित्री पर्व मनाउँदा मनको इच्छा पूरा हुने र पतिको आयु पनि बढ्ने जनविश्वास रहेको छ । धार्मिक किम्वदन्ती अनुसार वरको रुखमा व्रह्मा, बिष्णु र महादेवको बास हुने भएकोले वरको पूजा गर्ने प्रचलन छ । पौराणिक मान्यता अनुसार ऋषिपुत्री सावित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाहरुले जेठ औंसीको दिन यो पर्व मनाउने गदर्छन् ।

केही वर्षअघिसम्म व्राम्हण, कायस्थ र सुनार जातिका महिलाहरुले मात्र मनाउँने यो पर्व पछिल्लो समय अन्य समुदायका महिलाहरु पनि मनाउन थालेका छन् । यो पर्व मनाउन नवविवाहिता महिलाहरुको माइतीबाट साडी, चोलो, चना, आँप, चुरा, दही बेन (बाँसको पंखा) रातो पहेलो धागो (कोसेली) पठाउने गरिन्छ त्यसै कोसेलीबाट पूजाआजा गर्ने चलन छ । अन्य रुखको तुलनामा वरको रुखको आयु लामो हुने हुनाले र त्यही रुखमुनि सावित्रीको पति सत्यवानको प्राण फिर्ता गरिएको धार्मिक विश्वाससहित यो पर्व मनाउने गरिन्छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब