एक बदनाम अधिकृत- 'सर्वजीत झा' जहाँ गए, सबै डुबाए !

  • साउन २१, २०८१ | ३८३ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशको विभिन्न जिल्लाको स्थानीय तहमा कार्य भ्रमण गरेका अधिकृत सर्वजीत झा एक बदनाम अधिकृतको रुपमा साबित हुँदै गएका छन् । 

लोकसेवा लडेर शाखा अधिकृतमा नाम निकालेपछि अहँकारले मातेका अधिकृत सर्वजीत झा अहिलेसम्म जुन जुन स्थानीय तहमा गएका छन सबै पालिकालाई चुना लगाएर भागेको रेकर्ड छ।

लोकसेवा आयोगबाट लडेर शाखा अधिकृतमा नाम निकालेपछि स्थानीय तहमा उनले दुई बर्षभित्र ७ बढी पालिकालाई चुना लगाए । जहाँ गएपनि एकलौटी र अहँकारी ढँगले कार्य सम्पादन गर्न खोजेपछि जनप्रतिनीधिसँगको खटपटले उनी एक बदनाम अधिकृतको रुपमा चिनिन थालेका छन् । 

सुरुमा कालिकोट पोस्टिँग पाएका अधिकृत झाले दुई बर्षमा आधा दर्जन बढी स्थानीय तहमा सरुवा भएका छन् । केही दिन बसेर पालिकालाई विवादमा तानेर भाग्ने उनको प्रकृतिले उनलाई अब मधेशको जिल्लाहरुको स्थानीय तहले अधिकृतको रुपमा राख्न डराउन थालेका छन् । उनको प्रवृति सँचारमाध्यमहरुमा आउन थालेपछि उनी एक बदनाम अधिकृतको रुपमा चिनिन थालेको हो । 

कालिकोटपछि सप्तरी, धनुषाको जनकनन्दिनी, महोत्तरीको पिपरा गाउँपालिका, सिरहाको औरही गाउँपालिका लगायत विभिन्न पालिकाहरुमा उनले विवाद खडा गरेको रेकर्ड छ । जनकनन्दिनीमा गाउँपालिका अध्यक्षसँग टशन चलेपछि उनी भाग्न बाध्य भएका थिए । पिपरा गाउँपालिकामा कर्मचारीहरुले खेदेपछि उनी भाग्न बाध्य भए भने अहिले सिरहाको औरही गाउँपालिकामा समेत कर्मचारीहरुले उनलाई भगाउन आन्दोलन चर्काएको हो । 

अधिकृत झालाई अविलम्ब सरुवा गर्न कर्मचारीहरुले सँयुक्त रुपमा गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको हो । अधिकृत झाले जतिबेला पनि “आफू शाखा अधिकृत हो” भनेर रट लगाउँदै अन्य कर्मचारीहरुलाई गन्दै नगनेको आरोप छ । 

यसअघि असार मसान्तमा सिरहाको औरही गाउँपालिकामा बिना कमिशन चेक वितरण नगरेको आरोप खेपेका उनलाई औरहीबाट समेत भगाउने तयारी भएपछि सर्वजीत कुमार झा एक बदनाम अधिकृतको रुपमा चिनिन थालिएको हो । न्यूज ब्यूरो

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब