आज र भोलि देशभर वर्षा हुने

  • साउन २२, २०८१ | ३२४ पटक पढिएको | सीमा संदेश
alt

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकमा फेरि मनसुन सक्रिय भएको जनाएको छ । अहिले मकवानपुर, झापा, सप्तरी, मोरङ, धनुषा, सुनसरीका विभिन्न ठाउँमा ठूलो वर्षा भइरहेको छ ।

महाशाखाले तीन दिनका लागि जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा आज र भोलि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा अति ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो ।

महाशाखाले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेको उल्लेख गरेको छ । यस्तै, बागमती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवकोट र दोलखा जिल्ला रहेका छन् ।

वर्षाको उच्च जोखिममा गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची रहेका छन् । सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ ।

यी दुईदिन सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायातका साधन प्रभावित हुने भएकाले आवश्यक सर्तकता तथा पूर्वतयारी अपनाउन सबैलाई महाशाखाले अुनरोध गरेको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब