आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

  • भदौ १०, २०८१ | ५४९ पटक पढिएको | सीमा संदेश
alt

आज देशभर ’श्रीकृष्ण जन्माष्टमी’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। वैदिक सनातन धर्मावलम्बीहरूले भगवान श्रीकृष्णको पूजा–आराधना गर्दै यस पर्वलाई विशेष रूपमा मनाउने गर्दछन्।

पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा आज मेला लागेको छ। यस मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने परम्परा रहेको छ। राजधानीका अन्य विभिन्न स्थानहरूमा रहेका ठूला र साना श्रीकृष्ण मन्दिरहरूमा पनि भक्तजनहरूको भीड लाग्ने गरेको छ। काठमाडौंका विभिन्न धार्मिक संघ संस्थाहरूले यस अवसरमा झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने परम्परा छ।

ज्ञानयोग, कर्मयोग, र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ, जसका कारण आजको दिनलाई ’श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ’मोहरात्रि’ भनिन्छ। यस दिन देशभरका कृष्ण मन्दिरहरूमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन हुनेगर्छ। साथै, विशेष रूपमा महिला र पुरुषहरूले व्रत बस्दै रातभर जाग्राम बस्ने प्रचलन छ।

यस पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, र सभामुखलगायतका उच्च पदस्थ व्यक्तिहरूले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश प्रेषित गरेका छन्।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब