लेबनानमा हिजबुल्लाले सञ्चारका लागि प्रयोग गर्ने पेजर विस्फोट हुँदा नौ जनाको ज्यान गयो

  • असोज २, २०८१ | ५९१ पटक पढिएको | सीमा संदेश
alt

लेबनानमा विद्रोही समूह हिजबुल्लाका सदस्यहरूले सञ्चारका लागि प्रयोग गर्ने हाते माध्यम पेजर विस्फोट हुँदा एक बालकसहित नौ जनाको ज्यान गएको छ । लेबनानका स्वास्थ्य मन्त्रीले दिएको जानकारीअनुसार बेरुत र अन्य क्षेत्रमा भएका विस्फोटको घटनामा इरानका लागि लेबनानका राजदूतसहित दुई हजार आठ सय जना घाइते भएका छन् ।

इरानले समर्थन गरेको हिजबुल्ला समूहले हिजबुल्लासँग सम्बन्धित सङ्घ संस्थामा आवद्ध कर्मचारीले प्रयोग गरेका पेजरहरू विष्फोट भएको भन्दै एक बालकसहित आफ्ना आठ जना लडाकुको ज्यान गएको दाबी गरेको छ । हिजबुल्लाले यो आपराधिक आक्रमण इजरायलले गरेको आरोप लगाउँदै न्यायपूर्ण बदला लिने चेतावनी समेत दिएको बीबीसीले जनाएको छ ।

यस घटनाबारे इजरायली सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । विस्फोट हुनु केही घण्टा अघि, इजरायलको सुरक्षा क्याबिनेटले देशको उत्तरमा भइरहेका हिजबुल्लाका आक्रमणहरू रोक्ने र विस्थापित नागरिकलाई सुरक्षित रूपमा घर फर्काउने लक्ष्य रहेको घोषणा गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घले लेबनानमा भएका पछिल्ला घटनाहरूलाई अत्यन्तै चिन्ताजनक रहेको भन्दै आएको छ । गएको वर्ष  अक्टोबर ७ मा गाजामा इजरायल र विद्रोही समूह हमासबीच युद्ध शुरू भएयता इजरायल–लेबनान सीमामा दैनिक रुपमा झडप हुँदै आएको छ । हिजबुल्लाले हमास समर्थित प्यालेस्टिनी समूहको समर्थन गरिरहेको छ । 

कमलामा देवी मेलामा धामीझाँक्री र श्रद्धालुको घुइँच

मिथिलाको पौराणिक, धार्मिक तथा सांस्कृतिक परम्परासँग जोड ...

विश्वभर हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या,

विश्वभर गत वर्ष प्रत्येक घण्टा औसत पाँच महिला तथा बालिक ...

मंसिर ९ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ९ गते । बुधबार । ...

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब