भोली बुधबारदेखि पुनः भारी बर्षाको सम्भावना, नदी तटमा सावधान रहन अनुरोध

  • असोज १५, २०८१ | ४३१ पटक पढिएको | सीमा संदेश
alt

आईतबारदेखि मौसममा सुधार आएपनि पुनः भोली बुधबारबाट पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ । 

आईतबार दिउँसैदेखि नै तराई मधेशको जिल्लाहरुमा घाम लागेपनि आज (मँगलबार)ं समेत मौसम क्लीयर देखिएको छैनन् । भोली बुधबारदेखि बर्षाको सम्भावना रहेको जल तथा मौसम विभागको अनुमान छ । 

आज मंगलबार पूर्वी नेपालमा (कोशी प्रदेशमा) अपराह्नपख हल्का वर्षाको सम्भावना रहेको उनले बताए। त्यस्तै बागमती र गण्डकीमा पनि बादल लाग्ने तर वर्षाको सम्भावना थोरै रहेको उनले बताए। 

बुधबारदेखि यो हप्ताभरि गण्डकीदेखि कोशीसम्मै अपराह्नपख वर्षाको सम्भावना रहेको उनले बताए। उनकाअनुसार पश्चिम नेपालमा भने वर्षाको सम्भावना छैन।

बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली नेपालतिर सर्दा बिहीबारदेखि शनिबार साँझसम्म लुम्बिनी प्रदेशसम्म भारी वर्षा भएको थियो।

मौसमविद्हरूले मनसुनी वायु, बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली र अरब सागरसमेतबाट आएको उच्च जलवाष्ययुक्त हावा मिसिँदा नेपालमा घनघोर वर्षा भएको बताएका थिए। काठमाडौं उपत्यकाका ११ स्थानसहित देशभर २५ ठाउँमा वर्षाले यसअघिका रेकर्ड ब्रेक गरेको थियो।

यस वर्ष मनसुन लम्बिने देखिएको छ। नेपालबाट असोज १६ ९अक्टोबर २० मा मनसुन बाहिरिनुपर्नेमा केही दिन लम्बिने संकेत देखिएको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन्। उनकाअनुसार मनसुन लम्बिने संकेत देखिइसकेकाले दसैंमा पनि पानी पर्ने सम्भावना छ।

यस वर्षको मनसुनयाममा औसतभन्दा बढी वर्षा भइसकेको छ। यसपटक सरदरको तुलनामा ११६ प्रतिशत वर्षा भइसकेको छ। जेठ १८ देखि असोज १३ गतेसम्मको अवधिमा १७१६।३ मिलिमिटर वर्षा भइसकेको छ।

विराटनगर, धरान, धनगढी, डडेलधुरा, धनकुटा, ताप्लेजुङ, दिपायल, सुर्खेत, घोराही, भैरहवा, जिरी, ओखलढुंगा, जोमसोम, काठमाडौं, नेपालगञ्ज, पोखरा सिमरा लगायतका स्थानमा सरदरभन्दा बढी वर्षा भएको छ।

लुम्ले, जुम्ला केन्द्रमा मात्रै सरदरभन्दा कम वर्षा भएको छ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब