यसवर्ष रसायनशास्त्रको नोबेल पुरस्कार तीन जनालाई

  • असोज २३, २०८१ | ३४० पटक पढिएको | सीमा संदेश
alt

यसवर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परलाई दिइने भएको छ ।

कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकरलाई, प्रोटिन संरचनाको भविष्यवाणीका लागि डेमिस हसाबिस र जोन जम्परलाई सन् २०२४ को रसायन शास्त्रतर्फको पुरस्कार दिइएको हो ।

बेकर र जम्पर अमेरिकी वैज्ञानिक हुन् भने हसाबिस बेलायतका हुन् । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर प्रोटिनको संरचनाको पूर्वानुमान गर्ने कामका लागि रसायनशास्त्री बेकर, जम्पर र हसाबिसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो ।

बेकरलाई ‘कम्प्युटेशनल प्रोटिन डिजाइनका लागि’ आधा पुरस्कार दिइएको थियो भने हसाबिस र जम्परलाई ‘प्रोटिन स्ट्रक्चर प्रिडिक्सनका लागि’ पुरस्कार दिइएको थियो ।
अब बिहीवार साहित्य, शुक्रवार शान्ति र आगामी साता सोमवार अर्थशास्त्रतर्फको पुरस्कार विजेताको नाम घोषणा हुनेछ।

मंगलबार नै भौतिकशास्त्रको नोबेल पुरस्कार जोन जे. हपफिल्ड र जेफ्री ई. हिन्टनलाई दिने घोषणा गरिएको थियो।

जोन जे हपफिल्ड र जेफ्री ई. हिन्टनलाई आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङमा योगदान गरेकोमा नोबेल पुरस्कार दिने घोषणा गरिएको थियो।

यसअघि भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई चिकित्सा क्षेत्रमा नोबेल दिने घोषणा गरिएको थियो । दुवैलाई माइक्रो आरएनएको खोज र पोस्ट ट्रान्सक्रिप्शनल प्रक्रियाहरूमा उनीहरूको भूमिकाको लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब