मधेश प्रिमियर लिग चैत ५ मा हुने

  • मंसिर १६, २०८१ | ४३२ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रिमियर लिगले सिजन ३ को क्रिकेट प्रतियोगिता चैत्र ५ गतेबाट हुने जनाएको छ ।

राजविराजमा शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै लिगका अध्यक्ष ई. संजिव नारायण यादवले खेलाडीको र जिष्ट्रेशन शुरु गरिएको जनाएका छन् । उनले यस सिजन ३ प्रतियोगितामा अक्सनबाट खेलाडी छनौट गरिने र प्रत्येक टिममा झापा देखि कंचनपुर सम्मका मधेश क्षेत्रबाट ७ जना खेलाडी तथा नेपाल भरिबाट ४ जना खेलाडी रहने बताए ।

मधेश प्रिमियर लिगमा कूल १० वटा टिमको सहभागिता रहने बताउँदै अध्यक्ष यादवले प्रतियोगिताको ६० प्रतिशत खेल राजविराज स्थिति पविमावि खेल मैदान र राजरंगशाला मैदान हुने तथा बाँकी ४० प्रतिशत खेल विरगंज र जनकपुरमा खेलाइने बताए । यस प्रतियोगिताको लागि मधेश प्रदेश सरकार संग समन्वय गरेर मधेश प्रिमियर लिगको नाउँमा राखिएको ५० लाख बजेट ल्याउने प्रयास गरिने अध्यक्ष यादवको भनाइ छ । ‘मधेश प्रदेश सरकारले मधेश प्रिमियर लिगको नाममा ५० लाख बजेट राखेको छ, त्यो ल्याउन समन्वय गरिनेछ । तर, मधेश ससकारले सो बजेट नदिएपनि सिजन ३ को आयोजना गरिने छ’ यादवले भने ।

सन् २०१५ बाट शुरु भएको मधेश प्रिमियर लिग २०१६ मा सिजन २ भएको ८ बर्षपछि सिजन ३ हुन लागेको छ । अनेक बाधा अवरोधका कारण सिजन ३ खेलमा ढिलाई भएको लिगका उपाध्यक्ष तीर्थनार ायण दासले बताए । उनले सबैको सहयोगबाट सिजन ३ सफलता पुर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे । यसका साथै पत्रकार सम्मेलनमा उपाध्यक्ष ई. सुधिर कुमार मंडल, सचिव ई. राहुल देव,सह–सचिव ई भुपेन्द्र कुमार मिश्रा, दिपेश यादव, शंकर दास, संतोश यादवलगायतकाहरुको सहभागिता रहेको थियो ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब