फागुन १० गते शनिबार, यस्तो छ तपाईंको राशिफल

  • फागुन १०, २०८१ | ३४० पटक पढिएको | सीमा संदेश
alt

आज विक्रम संवत २०८१ साल फाल्गुन १० गते, शनिबार । ईश्वी सन् २०२५ फेव्रुवरी २२ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–नवमी, ७ घडी ५५ पला, बिहान ९ बजेर ४७ मिनेट उप्रान्त दशमी । नक्षत्र–ज्येष्ठा, २० घडी २ पला, दिउसो २ बजेर ४१ मिनेट उप्रान्त मूल । योग–हर्षण, ६ घडी ५७ पला, बिहान ९ बजेर २४ मिनेट उप्रान्त बज्र । करण–गर, बिहान ९ बजेर ४७ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर १४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–बृश्चिक, दिउसो २ बजेर ४१ मिनेट उप्रान्त धनु  । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५८ मिनेट । दिनमान २८ घडी २४ पला ।

आजको बार बेला   
बिहान ०६ बजेर ३७ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ३८ मिनेटदेखि बिहान ८ बजेर ३ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर ४ मिनेटदेखि  बिहान ९ बजेर २८ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर २९ मिनेटदेखि  बिहान १० बजेर ५३ मिनेटसम्म उद्धेग बेला ।
बिहान १० बजेर ५४ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखि  दिउँसो १ बजेर ४३ मिनेटसम्म लाभ बेला ।
दिउँसो १ बजेर ४४  मिनेटदेखि दिउँसो ३ बजेर ८ मिनेटसम्म अमृृत बेला ।
दिउँसो ४  बजेर ९ मिनेटदेखि बेलुकी ४ बजेर ३४ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ३५ मिनेटदेखी बेलुकी ७ बजेर ३४ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ९ बजेर २७ मिनेटदेखि  बिहान १० बजेर ५२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर १ मिनेटदेखि बिहान ५ बजेर ४९ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) बिहानको समय मध्ययम रहेकाले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था नरहनसक्छ  । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकाले आफन्त तथा अग्रजहरुको सहयोगमा राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । कृषि, पशुपालन, खाद्यान्न तथा होटल रेष्टुराको व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिने तथा धार्मिक क्षेत्रको भ्रमण हुनेछ ।

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) समयको ख्याल नगर्दा वा साना तिना काममा अल्झेर बस्दा महत्वपूर्ण कामहरु थाती रहनेछन् । बाटो हिड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ, ध्यान दिनुहोला । साझपख अध्ययनमा सुधार हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरीको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा विलाशी वस्तुहरु जोड्न सकिनेछ । लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागि प्रक्रिया अघि बढ्नेछ । पति पत्नीबीच आत्मियता बढेर जानेछ  । अध्ययन वा कामबाट बिश्राम पाइनेछ । जमघट र खानपानमा समय व्यतित हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्तत तपाईंकै पक्षमा नतिजा आउदा मन खुशी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाहमार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । अध्ययनमा वा कामबाट विश्राम पाइने तथा पारिवारिक माहोलमा मीठो मसिनो भोजन ग्रहण गर्दै समय व्यतित हुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) बिहानको समय मध्ययम रहेकाले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । प्रतिस्पर्धीहरुको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकाले व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्वीलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुनेछ । साथीभाइसँगको भेटले दैनिकी उल्लासमय बन्नेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) तपाईंको व्यवहारले दाजुभाई तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम थाती रहनेछ । विभिन्न योजनाहरु छलफलका लागी ल्याउन सकिने भएपनि सहकर्मी हरुबाटै विरोध हुनेछ । कुनै काम गर्दा गम्भीर हुनुहोला, हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । र, पनि लामो दुरीको काम वा अध्ययनको शिलशिलामा यात्रा हुने योग रहेकोछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ । आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) आफन्त, साथीभाई तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रशन्न हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने विशेष गरी होटल तथा रेष्टुरेन्टमा लगानी गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नीबीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) बिहानको समय मध्ययम रहेकाले अनावश्यक खर्च बढ्नेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशी हुनेछन् । सुन्दर तथा विलाशी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेकोछ ।
 
मकर
 (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) बिहानको समय उत्तम रहेकाले प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । लामो दुरीको यात्राको तय हुनेछ । मध्यान्हबाट साथीभाई तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन ।
 
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) व्यापार व्यवसाय फस्टाएर जानेछ । पैत्रिक सम्पत्तिको प्रयोग गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अन्यभन्दा अगाडि बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ भने परिवारका आवश्यकताहरु पूरा गर्न सकिनेछ । साथीभाइसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पत्तिको प्रयोग गरी आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । लक्ष्य प्राप्तिको लागि चालिने कदमहरु सकारात्मक दिशामा अघि बढ्नेछन् । पढाइ लेखाइ वा कामबाट विश्राम मिल्नेछ । प्रेममा नजिक हुने समय रहेकोछ । छोटो दुरीको रमाइलो यात्रा तय हुने तथा खानपान र मनोरञ्जनमा समय व्यतित हुनेछ ।

तपाईंको दिन शुभ रहोस्,
–ज्योतिषी दुर्गा प्रसाद भण्डारी

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब