यी हुन २०८२ सालको सार्वजनिक बिदा -५२ दिन शनिबार, ३२ चाडपर्व लगायत बिदा

  • फागुन १६, २०८१ | ४१० पटक पढिएको | सीमा संदेश
alt

सरकारले २०८२ सालको बिदा सार्बजनिक गरेको छ ।गएको मन्त्री परिषदको बैठकले वर्षभरीको बिदा स्विकृत गरेसंग बिदा सार्बजनिक गरेको हो ।

राजपत्रमा सार्बजनिक गरेको बिदाको सुचना अनुसार १३ दिन पर्ब बिदा , ३ दिन सम्बन्धीत धर्म संस्कृति भौगोेलिक क्षेत्र र स्थान विशेषको लागि, २ दिन महिला कर्मचारीको लागि, १ दिन शिक्षणसंस्था, ४ दिन काठमाडौ उपत्यका, ४ दिन जात्रा र पर्व, ६ दिन मुलुकभर सबैलाई सार्बजनिक दिवस, १ दिन अपाङग भएका कर्मचारीलाई, २ दिन सार्बजनिक जन्मजयन्ती,३ दिन सम्बन्धीत धर्माबलम्बीहरुको लागि बिदा दिने निर्णय गरेको छ ।

यो संगै ३२ दिन सार्बजनिक बिदा परेको छ । यो वर्ष ५२ दिन शनिबार परेको छ । सार्बजनिक बिदा हुने पर्वमा बैशाख १ गते नया वर्ष , चण्डी र बैशाख पुर्णिमा, साउन २४ गते जनैपुर्णिमा, ३१ गते कृष्णजन्माष्टमी, असोज ६ गते घटस्थापना, असोज १३ देखि १८ गते अर्थात फुलपातीदेखि द्धादशीसम्मद बिदा, कार्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा, कातिक १० गते छटपर्व, मंसिर १८ गते धान्यपुर्णिमा, पुस १०गते क्रिसमस डे, पुस १५ गते तमु ल्होछार, माघ १ गते माघे संक्रान्ति, माघ ५ गते सोनाम ल्होछार, फागुन ३ गते महाशिवरात्री, फागुन ६ गते गयाल्पो ल्होछार, इदउल फित्र र वकर इद परेको दिन, फागुन १८ गते पहाडी र १९ गते तराईमा फागु पुर्णिमा र चैत १३ गते रामनवमी पर्व परेको छ ।

सार्बजनिक पर्व बिदामा साउन २५ गते गाईजात्रा, भदौ १५ गते गौरा पर्ब परेको छ । उक्त दिन सो पर्ब मनाउनेको लागि मात्र बिदाको व्यवस्था गरेको छ । महिला भदौ १० गते हरितालिका तीज र भदौ ३० गते जितिया पर्ब मनाउने महिला कर्मचारीलाई बिदा हुनेछ । माघ ९ गते सरस्वती पुजाको दिन शिक्षण संस्था, साउन २५ गते गाईजात्रा, भदौ २१ गते इन्द्रजात्रा,चैत ४ गते घोडेजात्रा र मच्छेन्द्रनाथको भोटो देखाउने दिन उपत्यकामा सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

दिवस बिदा अन्तर्गत बैशाख १८ गते ९मे–१० मजदुर दिवस, जेठ १५ मा गणतन्त्र दिवस, माघ १६ शहिद दिवस, असोज ३ गते संविधान दिवस, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस,फागुन २४ गते अर्थात मार्च ८ मा अन्तराष्ट्रिय महिला दिवसको दिन सार्बजनिक बिदा परेको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब