फागुन १९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

  • फागुन १९, २०८१ | ३९१ पटक पढिएको | सीमा संदेश
alt

आज विक्रम संवत २०८१ साल फाल्गुन १९ गते, सोमबार । ईश्वी सन् २०२५ मार्च ३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । तिथि–चतुर्थी,३९ घडी ३९ पला, बेलुकी १० बजेर २० मिनेट उप्रान्त पंचमी । नक्षत्र–रेवती, १० घडी १४ पला, बिहान १० बजेर ३४ मिनेट उप्रान्त अश्विनी । योग–शुक्ल, १५ घडी ५७ पला, दिउँसो १२ बजेर ५२ मिनेट उप्रान्त ब्रम्ह । करण–वणिज, बिहान ११ बजेर ३२ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर २० मिनेट उप्रान्त बव । आनन्दादिमा–मांतग योग । चन्द्रराशि–मीन, बिहान १० बजेर ३४ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४ मिनेट । दिनमान २९ घडी ० पला ।

आजको बार बेला   
बिहान ०६ बजेर २९ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ३१ मिनेटदेखि बिहान ७ बजेर ५६ मिनेटसम्म काल बेला ।
बिहान ७ बजेर ५७ मिनेटदेखि  बिहान ९ बजेर २३ मिनेटसम्म शुभ बेला ।
बिहान ०९ बजेर २४ मिनेटदेखि बिहान १० बजेर ५० मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ५१ मिनेटदेखि बिहान १२ बजेर १७ मिनेटसम्म उद्धेग बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म चर बेला ।
दिउँसो १ बजेर ४५  मिनेटदेखि  दिउँसो ३ बजेर ११ मिनेटसम्म लाभ बेला ।
दिउँसो ४  बजेर ११ मिनेटदेखि  बेलुकी ४ बजेर ३८ मिनेटसम्म अमृत बेला ।
बेलुकी ४ बजेर ३८ मिनेटदेखि  बेलुकी ७ बजेर ३८ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ७ बजेर ५५ मिनेटदेखि  बिहान ९ बजेर २२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ५३ मिनेटदेखि बिहान ५ बजेर ४१ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) बिहानको समय मध्ययम रहेकाले अनाबस्यक खर्च बढ्ने योग रहेकोछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउने छ भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशी हुनेछन् । सुन्दर तथा विलाशी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गर्ने लगानी कर्ताहरुको लागि समय उत्तम रहेकोछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) बिहानको समय पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । मध्यान्हबाट समय मध्यमय रहेकाले समयको गतिसँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । प्रसस्त तयारी गरेर महत्वपूर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । र, पनि यात्रा वा कामको शिलशिलामा लामो दुरीको यात्राको प्रवल सम्भावना रहेकोछ

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । शेयर बजारमा पुराना वा नयाँ लगानी कर्ताको लागि समय उत्तम रहेकोछ । शिक्षा तथा बैंकसँग सम्बन्धित कामबाट लाभ लिन सकिनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) विभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुद पनि उपलब्धिमूलक कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशियाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।  नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) बिहानको समय मध्ययम रहेकाले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाँड्हरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकाले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना रहेकोछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकाले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माइतीबीच वैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ, सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्नीबीच दाम्पत्य जीवनमा खटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा विभिन्न मनमोहक दृष्यहरु मन मुटुमा कैद गर्न सकिनेछ । पर्यटन, शेयरबजार तथा  उद्योगमा  लगानी गरि धन आर्जन गर्न सकिनेछ । सबैजना सहभागि हुने व्यापार व्यवसायमा लगानी गरी प्रसस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने उद्योग तथा शेयरबजारमा लगानी गर्ने अवसर आउनेछ । तपाईंको कुरा काट्ने तथा विरोध गर्नेहरु तपाईंकै प्रशंसा गर्न थाल्नेछन् । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनेछन् । शरीर स्वस्थ रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाइ लेखाइमा राम्रो नतिजाका साथ तपाईंको नाम अग्र स्थानमा आउनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) बिहानको समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । प्रतिस्पर्धीहरुको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकाले व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्वीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुनेछ । शेयर बजारमा प्रवेश गरी लगानी गर्नको लागि समय उत्तम रहेकोछ ।
 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकाले आफन्त, दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्रा तय गर्न सकिनेछ । उत्पादनमूखि व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चिनेहरुका लागि समय मध्ययम रहेकोछ ।
 
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसाय, शेयरबजार तथा उद्योगमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक वस्तुहरु जोड्न सकिनेछ । सञ्चार पेशा व्यवसायमा समय खर्चिनेहरुका लागि समयले साथ दिनेछ । व्यापार तथा शेयर बजारमा लगानी गरि नाफा कमाउन सकिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन, उत्तम बस्त्र तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेकोछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब