चैत्र १ गते शुक्रबार, यस्ताे छ तपाईँकाे राशिफल

  • चैत १, २०८१ | ५३९ पटक पढिएको | सीमा संदेश
alt

आज विक्रम संवत २०८१ साल चैत्र १ गते, शुक्रबार । ईश्वी सन् २०२५ मार्च १४ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । तिथि–पूर्णिमा, १३ घडी ३७ पला, बिहान ११ बजेर ४४ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–उत्तराफाल्गुनी, अहोरात्र । योग–शूल, १७ घडी १४ पला, दिउसो १ बजेर १० मिनेट उप्रान्त गण्ड । करण–बव, बिहान ११ बजेर ४४ मिनेट उप्रान्त बालव, रातको १२ बजेर २९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–सिंह, मध्यान्ह १२ बजेर ३० मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ११ मिनेट । दिनमान २९ घडी ४५ पला ।

आजको बार बेला 
बिहान ०६ बजेर १७ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर १८ मिनेटदेखि बिहान ७ बजेर ४६ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर ४७ मिनेटदेखि बिहान ९ बजेर १५ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर १६ मिनेटदेखि बिहान १० बजेर ४५ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ४६ मिनेटदेखि बिहान १२ बजेर १४ मिनेटसम्म  शुभ बेला ।
मध्यान्ह १२ बजेर १५ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म रोग बेला ।
दिउँसो १ बजेर ४४  मिनेटदेखि दिउँसो ३ बजेर १३ मिनेटसम्म उद्धेग बेला ।
दिउँसो ४  बजेर १४ मिनेटदेखि बेलुकी ४ बजेर ४२ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर ४३ मिनेटदेखि बेलुकी ७ बजेर ४२ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान १० बजेर ४४ मिनेटदेखि दिउँसो १२ बजेर १३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ४२ मिनेटदेखि बिहान ५ बजेर ३० मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चुु,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकाले माया प्रेममा सामिप्यता बढेर जानेछ । वंश वृद्धिको योग रहेकोछ भने सन्तानको प्रगति देखेर मन प्रशन्न हुनेछ । अध्ययनमा सुधार गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो गर्दै समय व्यतित गर्न सकिनेछ । मध्यान्हबाट जीवन शैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहनेछ । कुनै पनि विवादमा सामेल नहुनुहोला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) बिहानको समय मध्ययम रहेकाले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । प्रतिस्पर्धीहरुको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले चाडपर्व लक्षित सामानको व्यापारमा लगानी वढाई मनग्गे लाभ लिन सकिनेछ । विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुनेछ । साथीभाइ तथा आफन्तका साथ मनोरञ्जन गर्दै दिनलाई रंगीन बनाउन सकिनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिश्पर्धीहरु परास्त हुनेछन् । काम वा अध्ययनबाट बिश्राम पाइनेछ । यात्रा तथा मनोरञ्जनमा रमाइलो गर्दै समय व्यतित हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यव्हार गर्नुहोला काम बिग्रने हुदा मान सम्मानमा कमि हुनेछ । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) बिहानको समय राम्रो रहेकाले गीत संगीतको क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समयले साथ दिनेछ । होटल तथा रेष्टुरेन्ट पेशा व्यवसायबाट आम्दानीलाई दोब्बर बनाउन सकिनेछ ।  परिवारका साथ रमाइलो गर्दै समय व्यतित हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनु होला तपाईंको पक्षमा निर्णय नआउन सक्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढेर नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) बिहानको समय मध्ययम रहेकाले अनावश्यक खर्च बढ्ने योग रहेकोछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा मन खिन्न हुनेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशी हुनेछन् । सुन्दर तथा विलाशी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेकोछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) बिहानको समय उत्तम रहेकाले चाडबाड लक्षित सामानको व्यापारबाट आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । परिवार तथा साथीभाइका साथ रमाइलो गर्दै समय व्यतित हुनेछ । मध्यान्हबाट साथीभाई तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेकोछ । विशिष्ट व्यक्तिहरुको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईंलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ । साथीसँग तथा परिवारका साथ रमाइलो गर्दै समय व्यतित गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भि,भु, ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले मन्दिर तथा धार्मिक प्रतिष्ठानको यात्रामा सहभागी हुन सकिनेछ । शैक्षिक वा कर्म प्राप्तिको लागि लामो दुरीको यात्राको योग रहेकोछ । चाडबाड लक्षित सामानको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । समयले साथ दिने हुनाले परिवारमा साथ मिष्ठान भोजन, रमाइलो यात्रा तथा भेटघाटमा समय बित्नेछ । मध्यान्हबाट स्वास्थ्य  सम्बन्धी समस्या आई दैनिकी प्रभावित हुनेछ । यात्रा गर्दा वा  सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) बिहानको समय मध्ययम रहेकाले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकाले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । खानपान, मनोरञ्जनमा समय व्यतित हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) बिहानको समय राम्रो रहेकाले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मनोरञ्जनमा समय व्यतित हुनेछ । मध्यान्हबाट आफन्त तथा चेली माइतीबीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्नीबीच दाम्पत्य जीवनमा खटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यपारकै शिलशिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने विपरीत लिङगप्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरुभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ । परिवार तथा साथीभाइकासाथ रमाइलो गर्दै समय व्यतित गर्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब