बलात्कारका अभियुक्तको हाजिरी जमानी लिने महतो पक्राउ

  • चैत १३, २०८१ | ५०६ पटक पढिएको | सीमा संदेश
alt

बलात्कार घटनाका अभियुक्त फरार रहेका बेला उनको ठाउँमा इन्द्रदेव महतोले जमानी लिन पुगेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

सर्लाहीको हरिवन नगरपालिका–१ स्थित भोक्टेनीमा एक ४५ वर्षीय महिला आफ्नै छिमेकीबाट बलात्कृत भएको घटनामा संलग्न व्यक्ति अझै फरार रहेका बेला प्रहरीले अभियुक्तको हाजिरी जमानी लिने इन्द्रदेव महतोलाई पक्राउ गरेको छ ।

पीडित महिलाले जनाए अनुसार फागुन २१ गते राति स्थानीय जिवछ महतो कोइरीले घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेका थिए ।

घटनाको अर्को दिन फागुन २२ गते पीडितले इलाका प्रहरी कार्यालय हरिवनमा लिखित उजुरी दिएकी थिइन् । प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाउँदै सोही दिन अभियुक्त जिवछ महतोलाई नियन्त्रणमा लिएको थियो । तर घटनाको एक दिनअघि अर्थात् फागुन २० गते अभियुक्त जिवछ महतोकी आमाको निधन भएको कारण देखाउँदै हरिवन–४ स्थित सासापुरका इन्द्रदेव महतोले काज किरिया सम्पन्न भएपछि पुनः उपस्थित गराउने सर्तमा अभियुक्तलाई हाजिरी जमानीमा छुटाएका थिए ।

तर काज किरिया सम्पन्न भए पनि जिवछ महतो प्रहरी समक्ष हाजिर नभइ फरार भए । यसपछि पीडित महिलाले चैत्र ४ गते औपचारिक रूपमा जाहेरी दर्ता गराएकी थिइन् । अभियुक्त फरार भएपछि घटनालाई ढाकछोप गर्ने प्रयास भइरहेको पीडित परिवारले आरोप लगाएको छ । केही स्थानीय नेताहरूले पीडित पक्षलाई १५ लाख रुपैयाँको सेटिङ मिलाइदिने भन्दै प्रलोभन दिने प्रयास गरेको पनि आरोप लागेको छ ।

यसैबीच सोमबार प्रहरीले अभियुक्तको हाजिरी जमानी लिने इन्द्रदेव महतोलाई पक्राउ गरेको छ । पीडित परिवारले घटनाको न्यायिक छानबिन गरी मुख्य अभियुक्तलाई चाँडो पक्राउ गर्न माग गरेका छन् । सर्लाही प्रहरीले पनि अभियुक्तको खोजी तीव्र रुपमा गरिरहेको जनाएको छ ।

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

हुलाकी सडकका २४ पुल बने, ३७ अझै बाँकी

मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब