वैशाख १४ गते आइतबार, यस्ताे छ तपाईकाे राशिफल

  • वैशाख १४, २०८२ | ३७६ पटक पढिएको | सीमा संदेश
alt

वि.सं.२०८२ साल वैशाख १४ गते । आइतबार । इस्वी सन् २०२५ अप्रिल २७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैशाख कृष्णपक्ष ।

तिथि–औशी, ४९ घडी ४५ पला, रातको १ बजेर २८ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–अश्विनी, ४९ घडी २० पला, रातको १ बजेर १४ मिनेट उप्रान्त भरुणी । योग– प्रिती, ४८ घडी ५१ पला, रातको १ बजेर २ मिनेट उप्रान्त आयुष्मान् । करण–चतुष्पद, दिउसो २ बजेर ४१ मिनेट उप्रान्त नाग, रातको १ बजेर २८ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–मेष । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी ४१ पला ।

आजको बार बेला  

  • बिहान ५ बजेर ३० मिनेटसम्म उद्धेग बेला ।
  • बिहान ५ बजेर ३१ मिनेटदेखि बिहान ७ बजेर ८ मिनेटसम्म चर बेला ।
  • बिहान ७ बजेर ९ मिनेटदेखि बिहान ८ बजेर ४६ मिनेटसम्म लाभ बेला ।
  • बिहान ०९ बजेर ४७ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर २५ मिनेटदेखि बिहान १२ बजेर २ मिनेटसम्म काल बेला ।
  • मध्यान्ह १२ बजेर ३ मिनेटदेखि दिउसो १ बजेर ४० मिनेटसम्म शुभ बेला ।
  • दिउसो १ बजेर ४१  मिनेटदेखि दिउसो ३ बजेर १८ मिनेटसम्म रोग बेला ।
  • दिउसो ४  बजेर १९ मिनेटदेखि बेलुकी ४ बजेर ५६ मिनेटसम्म उद्वेग बेला ।
  • बेलुकी ४ बजेर ५७ मिनेटदेखि बेलुकी ७ बजेर ५६ मिनेटसम्म शुभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बेलुकी ४ बजेर ५६ मिनेटदेखि बेलुकी ६ बजेर ३४ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ५५ मिनेटदेखि बिहान ४ बजेर ४३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पङ्क्तिमा आउन सकिनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बैक तथा वित्तीय क्षेत्रको शेयरबाट आम्दानी गर्न सकिनेछ ।

  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन् । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । र पनि कामको सिलसिलामा लामो दूरीको यात्रा हुने योग रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरूका लागि आजको दिन फलदायी रहनेछ । आमा वा आफन्तका साथ मिष्टान्न भोजनको अवसर प्राप्त हुनेछ ।

  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

विशिष्ट व्यक्तिहरूको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईँलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरू समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ । आमा, आफन्त तथा परिवारका साथ खानपान तथा मनोरञ्जनमा समय व्यतीत गर्न सकिनेछ ।

  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ । प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयको सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईँको निम्न स्तरको सहभागिता रहनेछ । तर पनि आमा वा आफन्तसँग भेट भई मिष्टान्न भोजन ग्रहण गर्न पाउँदा मन प्रसन्न हुनेछ ।

  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ । आफन्त, आमा तथा दिदी बहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दूरीको यात्राको तय हुनेछ । राशि स्वामी बुधको शुभ प्रभावले लेखन तथा साहित्यमा बाकी रहेको कामहरू फत्ते गर्न सकिनेछ ।

  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

तार्किक क्षमता वृद्धि भएर जानेछ भने वाणीमा थप निखार आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ । आमा तथा आफन्तको सँगको भेटघाटले मन प्रफुल्लित हुनेछ ।

  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

कुनै पनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्त तथा आमासँगको भेटघाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।

  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) 

सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईँको आलोचना गर्नेहरू बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । र, पनि आमा तथा आफन्तसँगको भेटमा मिष्टान्न भोजन ग्रहण गर्दै मनोरञ्जन गर्न सकिनेछ ।

  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्दै समय व्यतीत गर्न सकिनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेष गरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन् । विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकाङ्क्षा तथा इच्छाहरू पुरा गर्न सकिनेछ । मध्यान्ह पछि आमासँगको भेटले मन प्रफुल्ल हुनेछ।

  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कामको सवालमा आफ्नै मानिससँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने प्रतिस्पर्धामा अरूभन्दा पछि परिने चिन्ताले सताइरहनेछ । प्रशस्त समय लगानी गरे पनि समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । तर पनि आमा वा आफन्तसँग भेट हुने तथा रमाइलो गर्दै समय व्यतीत गर्न सकिनेछ । छोटो दूरीको यात्राको योग रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब