मधेशका मुख्यमन्त्रीलाई नेकपा एसले बुझायो ५२ बुँदे मागपत्र

  • वैशाख १९, २०८२ | ४३३ पटक पढिएको | सीमा संदेश
alt

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रतिपक्षी नेकपा एकीकृत समाजवादीले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्नेसहितका ५२ बुँदे मागपत्र बुझाएको छ ।

नेकपा एस मधेश प्रदेशका पदाधिकारीहरु र सांसदहरु मधेश भवन पुगेर मुख्यमन्त्री सिंहलाई उक्त मागपत्र बुझाएका हुन् । मधेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन लागेका बेला नेकपा एसले मुख्यमन्त्रीलाई मागपत्र बुझाउँदै नीति तथा कार्यक्रममा समेट्नसमेत आग्रह गरेको छ ।

प्रदेश इन्चार्ज धर्मनाथ प्रसाद साहद्वारा हस्ताक्षरित मागपत्रको बुँदा नम्बर ३४ मा हालसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने उल्लेख छ । यस्तै भ्रष्टाचारसम्बन्धी विषय आकर्षित हुने अवस्थामा प्रदेश र स्थानीय तहको नीतिगत निर्णयको न्यायिक परीक्षण गर्नुपर्ने माग पनि समेटिएको छ ।

राष्ट्रसेवक कर्मचारी, शिक्षक र सुरक्षाकर्मीको सीप, क्षमताको विकास गरी सेवा सुविधालाई आकर्षक बनाउन पनि नेकपा एसले माग गरेको छ ।

मागपत्रका अधिकांश बुँदा विकास निर्माणसँग सम्बन्धित छ । जनकपुरधाममा निर्माणाधीन रंगशालाको निर्माण अविलम्ब पूरा गर्न, राजविराजमा स्थापित कृषि विश्वविद्यालयलाई आधुनिकीकरण गरी दक्ष जनशक्ति उत्पादन गर्न र एक घर एक स्वच्छ खानेपानी धाराको अवधारणाअनुसार सबै जनतालाई खानेपानीको प्रबन्ध गर्नुपर्नेसहितका माग पनि नेकपा एसले अगाडि सारेको छ ।

यस्तै प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता वा प्रदेशसभाको सदस्यको नेतृत्वमा गठन हुने प्रदेश मन्त्रिपरिषद्को मन्त्री गैरसांसद हुने व्यवस्था गर्नुपर्ने पनि नेकपा एसको माग छ ।

494816947_1219133866218504_5408589697087248819_n 494822626_2540994426248973_2685092916425322201_n 494820653_1378023786725675_5712783060148035806_n

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब