दुई सन्देश बोकेर आएका थिए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले

  • वैशाख १९, २०८२ | ५१७ पटक पढिएको | सीमा संदेश
alt

भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेका लागि नेपाल र नेपाली नेताहरूसँगको मुलाकात अब नौलो र अप्ठ्यारो विषय रहेन । धेरै नेपाली नेताहरूका लागि उनी भारतको शक्ति केन्द्र भाजपासँग सम्बन्ध स्थापित गर्ने सेतु जस्तै हुन् ।

त्यसमाथि अहिलेकी परराष्ट्रमन्त्री आरजु राणासँग राखी बाँधेको सुमधुर सम्बन्धका कारण पनि उनलाई यता आउन र बस्न थप सहज छ। दिल्लीमा आरजुको आतिथ्य उत्तिकै न्यानो र सौहार्दपूर्ण हुनुमा राखी सम्बन्धले भूमिका खेलिरहेको छ ।

नेपालमा कांग्रेस र एमालेको गठबन्धनमा गडबड हुँदैछ र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस सरकारसँग सन्तुष्ट छैन भन्ने सन्देश प्रवाह भइरहेका बेला चौथाइवालेको यो भ्रमणलाई नेपालको आन्तरिक राजनीतिसँग पनि जोडेर हेरिएको थियो ।

कुनै सरकारी संयन्त्र या राजनीतिक दलको औपचारिक निम्तो बिना आएका चौथाइवालेले सबैभन्दा धेरै राजनीतिक भेटघाट भने यसैपालि गरे । प्रतिनिधिसभाका अधिकांश दलका शीर्ष नेता र दोस्रो पुस्ताका गरी २० बढी नेताहरू भेटेका चौथाइवालेले नेपालको सत्ता–समीकरणबारे त्यति चासो नराखेको भेटमा सहभागी नेताहरूको भनाइ छ ।

ती सबै भेटमा उनले दुई वटा विषयमा मात्रै कुराकानी केन्द्रित गरे ।

पहिलो- पहलगाम घटनापछि भारतका पक्षमा नेपालको प्रष्ट समर्थनको प्रस्ताव ।

एकजना नेपालीसहित २७ जना नागरिकको ज्यान जानेगरी भएको पहलगाम घटनालाई भारतले गम्भीर रूपमा लिएको छ। गत वैशाख ९ गते जम्मु-काश्मिरको पहलगाम हमला भएपछि नेपालले उक्त घटनाको विरोध गरिसकेको छ ।

नेपालका राजनीतिक दलहरूले सो घटनालाई आतंकवादी हमला भन्दै विरोधमा उभिएका पनि छन्। तर नेपालको असंलग्न परराष्ट्र नीतिका कारण घटनापछि आफूहरूले लिने कतिपय निर्णयमा नेपाल तटस्थ बस्छ कि भन्ने आशंका भारतलाई छ ।

त्यसैले नेपाल आएर यतिका नेतालाई भेट्दा आफ्नो कुरा प्रष्ट राख्न पाउनु चौथाइवालेका लागि मौका पनि थियो। त्यसैले प्रत्येक भेटहरूमा उनले नेपालमा राजवादी र हिन्दुवादीहरूको आन्दोलनमा आफ्नो कुनै पनि समर्थन नभएको प्रष्ट पारेका थिए ।

‘भारत राजतन्त्र र हिन्दु राज्यको पक्षमा छैन र त्यसका लागि भएका आन्दोलनमा सहयोग, समर्थन, सदभाव र छैन’, चौथाइवालेको भनाइ उद्धृत गर्दै पुनले भने ।

नेपाली कांग्रेसका नेता एनपी साउदले पनि नेपालको आन्तरिक राजनीतिमा भारतले हस्तक्षेप नगर्ने प्रतिक्रिया चौथाइवालेले दिएको बताए ।

‘हिन्दु राष्ट्र पनि नेपाल आफैं थियो र अहिलेको संविधानमा धर्मनिरपेक्ष पनि हामीले बनाएका हौं । त्यो माग गर्ने मान्छे अहिले पनि नेपालमै छन्,’ साउदले भने, ‘यसका लागि भारतले भूमिका खेल्नै पर्दैन, यो त हाम्रो आन्तरिक मामिला हो नि !’

उनले चौथाइवाले नेपालको अहिलेको राजनीति बारे पनि अध्ययन गर्न आएको आफूले बुझेको बताए ।

‘नेपालको अहिलेको राजनीतिका बारेमा अध्ययन पनि गर्ने र भेटघाटहरूबाट सम्बन्धलाई सुदृढ बनाउने उदेश्य नै उहाँको हो भन्ने मैले बुझेको छु,’ साउदले भने ‘मलाई उहाँले यसो गर्नुस् र नगर्नुस् भन्न आएजस्तो लाग्दैन, बरू यहीँका नेताहरूनै हामीलाई यो आवश्यक छ भनेका होलान् ।’

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब