मधेसमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय, चारजना पक्राउ

  • असार ३, २०८२ | ५९४ पटक पढिएको | सीमा संदेश
alt

बर्दिबासबाट चोरी भएको मोटरसाइकलसहित एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको हो ।

विगत एक महिनामा बर्दिबासबाट पटकपटक गरी चोरी भएका बजाज कम्पनीका पल्सर मोटरसाइकल र चोरीमा संलग्नहरूलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । चोरी भएको मोटरसाइकलसहित महोत्तरी प्रहरीले सर्लाही हरिवन १० का ३२ वर्षीय दिलबहादुर सिङदोङ, वाग्मती नगरपालिका ४ का २१ वर्षीय पदम थिङ, मकवानपुर बाग्मती गाउँपालिका ७ का २६ वर्षीय पासाङ तितुङ र सर्लाही वाग्मती नगरपालिका ४ का २२ वर्षीय सुरेश घिसिङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सर्लाहीको हरिवन, वाग्मती र रौतहटबाट चोरी भएका मोटरसाइकल चोरहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि जनाइएको छ । २०७२ जेठ ११ गते सिटी केयर अस्पतालअगाडि पार्किङ गरिएको लु.प्र.०१–००६प.०८२५ नम्बरको कालो–रातो रङको २२० सिसीको पल्सर, जेठ १९ गते बर्दिबास–१४ हमाल टोलबाट मधेस प्रदेश ०२–००८प.८८६८ नम्बरको २२० सिसीको कालो–रातो रङको पल्सर, हमाल टोलकै पर्शुराम महतोको घरअगाडिबाट जेठ २४ गते चोरी भएको २२० सीसीको अनटेस्ट पल्सर, तथा सोही दिन बर्दिबास–१४ रिसोना गल्लीमा पार्किङ गरिएको १५० सीसीको अनटेस्ट पल्सर मोटरसाइकलसमेतसहित चोरीमा संलग्नहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

बर्दिबासमा निरन्तर रुपमा मोटरसाइकल चोरीका घटना हुन थालेपछि नियमित गस्ती, सादा पोशाकमा प्रहरी परिचालन, सीसीटीभी क्यामराबाट निगरानी बढाउनुका साथै बर्दिबास मेकानिकल इन्जिनियरिङ एन्ड पाट्र्स संघ र मोटरसाइकल मर्मत ग्यारेज सञ्चालकहरूसँग समन्वय गरी चोरी भएको मोटरसाइकलको खोजी र चोरीमा संलग्नलाई पक्राउ गरिएको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल चोरीका मुख्य योजनाकार मकवानपुर बाग्मती गाउँपालिका ७ का २६ वर्षीय पासाङ तितुङ रहेको खुलेको छ । रौतहटको चन्द्रनिगाहपुरमा डेरा लिएर बस्दै आएका तितुङले बर्दिबासमा मोटरसाइकल चोरीको योजना बनाउने गरेका थिए । चोरहरूबाट मोटरसाइकलको लक तोड्ने साँचोसमेत महोत्तरी प्रहरीले बरामद गरेको छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब