कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत फेला !

  • असार १०, २०८२ | ५८८ पटक पढिएको | सीमा संदेश
alt

 कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । 

गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास झाले गृह प्रवेश पनि गरेका थिए । पूजाआजा गर्दै गृह प्रवेश गरेका दुवै जोडी समाजिक सँजालमा खुसी देखिएका थिए । अचानक सोमबार राती अँसा सदा नोचापुरस्थित मृत अवस्थामा फेला परेकी हुन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, यो घटना सोमबार रातीकै रहेको पुष्टि गरेको छ । अँसा सदाको माईती पक्ष नआएको कारणले अगाडीको प्रक्रिया गर्न नसेकेको प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए । 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकैको नोचपुरस्थित सुटिँग स्थलमा भीड भएको छ । अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा यसकारे स्पष्ट वक्तत्व दिन सक्ने अवस्थामा देखिएनन् । 

अहिले प्रहरीको टोली सो स्थानलाई नियन्त्रणमा लिएर मुचुल्का प्रक्रिया अगाडी बढाएको छ । माईती पक्ष आएपछि पोष्टमार्टमको प्रक्रिया अगाडी बढने जनाइएको छ । जानकारी अनुसार उनी आत्महत्या गरेकी हुन् । यद्यपी, प्रहरीले यसलाई बिना पोष्टमार्टमको पुष्टि नगर्ने बताएको छ । यसबारे अनुसन्धान तीव्र बनाईएको छ । 

कलाकार अविनास झा र अँसा सदाबीच करिब १० ११ दिनदेखि तनाव चल्दै आएको थियो । फेसबुकमा दिन्हुँ रिल्स, भिडियो अपलोड गर्ने दुवै जनाको भिडियो अन्तिम गत १३ जुन २०२५ अर्थात जेठ ३० गतेको मात्र पोष्ट भएको देखिएको छ । त्यसपछि यो अन्तरालमा उनीहरुको सँगैको भिडियो हालिएको देखिएको छैनन् । दिनहुँ भिडियो हाल्ने दुवैजनाले भिडियो हाल्न बन्द गरेपछि उनीहरुबीचको यो समय तनाव भएको हुन सक्ने आशंका गरिएको छ । 

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब