आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

  • असार २६, २०८२ | ३४८ पटक पढिएको | सीमा संदेश
alt

आज गुरु पूर्णिमा हो । आजका दिन गुरुहरुलाई विशेष सम्मान गरिन्छ । विशेष गरी गुरु पूर्णिमा हिन्दु, बौद्ध र जैन धर्मावलम्बीहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो आषाढ शुक्ल पूर्णिमामा पर्छ । यस दिन गुरु (शिक्षक, आध्यात्मिक मार्गदर्शक) को पूजा र सम्मान गरिन्छ ।

गुरु पूर्णिमाको महत्वः

गुरुको आदरः

शिष्यहरूले आफ्ना गुरुहरूलाई धन्यवाद र मृत्युवरण गरेका गुरुलाई श्रद्धान्जली अर्पण गर्छन् । गुरु–शिष्य परम्परालाई सनातन धर्मले पवित्र मानिन्छ ।

धार्मिक मान्यताः

आजको दिन महर्षि वेदव्यास (महाभारत र वेदका संकलनकर्ता) को जन्मदिन पनि हो । यसैले यो दिनलाई व्यास पूर्णिमा पनि भन्ने गरिन्छ ।
बौद्धहरूका लागि यो दिन गौतम बुद्धले सारनाथमा पहिलो उपदेश (धर्भचक्र प्रवर्तन) दिएको थियो ।

आध्यात्मिक फाइदाः

यस दिन ध्यान, पूजा र मन्त्र जप गर्दा गुरुको कृपा बढ्छ भन्ने विश्वास छ। अज्ञानताको अन्त्य र आत्मज्ञान प्राप्तिको लागि यो दिन उत्तम मानिन्छ ।

शिक्षा र ज्ञानको बाटोः

विद्यार्थीहरूले गुरुबाट प्राप्त ज्ञानको महत्वलाई सम्झन्छन् ।

गुरु पूर्णिमा कसरी मनाइन्छ ?

गुरु पूजा फूल, फल र दक्षिणा चढाएर गुरुलाई प्रणाम गरिन्छ ।

सत्सग र ध्यानः आश्रमहरूमा भजन, कीर्तन र प्रवचन हुन्छन् । गुरुको महिमा बताउने शास्त्र पढिन्छ ।

नेपालमा गुरु पूर्णिमा

पशुपतिनाथ, स्वयम्भू, मुक्तिनाथ जस्ता धार्मिक स्थलहरूमा भक्तजनहरू एकत्रित हुन्छन् । विद्यालय र गुरुकुलमा शिक्षकहरूलाई सम्मानित गरिन्छ । आजभोलि विद्यालयहरूमा केक काटेर गुरुको सम्मान गरेको पाइन्छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब