केपी ओली फेरि एमाले अध्यक्ष बन्नु हुन्न भन्ने विश्वास छ : विद्या भण्डारी

  • असार २७, २०८२ | ४९९ पटक पढिएको | सीमा संदेश
alt

 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली फेरि नआउने विश्वास व्यक्त गरेकी छन् ।

इमेज टेलिभिजनको कार्यक्रम ‘हटसिट’मा पत्रकार जगदिश खरेललाई दिएको अन्तर्वार्तामा भण्डारीले एमाले नेतृत्व फेरिने विश्वास गरेकी हुन् ।

‘दोहोर्‍याएर एउटै कक्षामा जाँच दिन्न भन्ने खालको व्यक्ति हो (केपी ओली),’ भण्डारीले भनेकी छन्, ‘मलाई लाग्छ अरु नेताहरुले भने भन्दैमा दोहोर्‍याउने, तेहेर्‍याउने, मैले चिनेको केपी ओली त्यस्तो होइन ।’

यद्यपि, माधव नेपालहरुले पार्टी छोडेकाले एमाले अध्यक्षमा ओली दोहोरिनु परेको पूर्वराष्ट्रपति भण्डारीको तर्क छ । तर, अब ओलीले नेतृत्व हस्तान्तरण गर्नेमा आफू विश्वस्त रहेको उनले बताएकी छन् ।

अन्तर्वार्ताका क्रममा पूर्वराष्ट्रपति भण्डारीले नेतृत्व परिवर्तनका सन्दर्भमा लोकतान्त्रिक अभ्याससम्मै पुग्नु परेपनि त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताएकी छन् ।

‘(केपी ओली) सहकर्मी हो, साथी हो, सहयोद्धा हो, एउटै उद्देश्य र लक्ष्य पूरा गर्नका लागि । तर, लोकतान्त्रिक प्रक्रियामा सामेल भएपछि कहिलेकाँही समकालीन साथीहरुको बीचमा पनि प्रतिस्पर्धा हुन्छ,’ भण्डारीले भनेकी छन्, ‘यसलाई स्वभाविक रुपमा लिनुपर्छ, सबैले ।’

पूर्वराष्ट्रपति भण्डारीले एमालेको अध्यक्ष बन्नकै लागि सक्रिय राजनीतिमा फर्किएको प्रष्टिकरण दिएकी छन् ।

भण्डारीसँगको अन्तर्वार्ताको अंश :

प्रश्न: पार्टी अध्यक्षका रुपमा हाँक्ने हो ?

जवाफ: तपाईले भनेको कुरामा सत्यता छ । तर ११औं महाधिवेशन तोकिएको छैन, त्यसैले अहिले नै मैले कुन पदमा भनेर नभनौं …… ।

प्रश्न: तर, तपाईको लक्ष्य पार्टी अध्यक्ष हो ?

जवाफ: (हाँसो..) यो कुरा त सार्वजनिक बहसको एजेण्डा नै भइसक्यो नि !

प्रश्न: तपाईको चाहना र लक्ष्य पार्टी अध्यक्ष हो ?

जवाफ: पार्टीमा यो अनुभव, यति समय लिएर आइसकेपछि मैले जिम्मेवारी लिने भनेको त त्यही तपाईहरुले सोचेकै लाइनतिरै जान्छ ।

प्रश्न: पार्टी अध्यक्ष नै …

जवाफ: अँ ।

प्रश्न: किन, हिच्किचाउनु भयो नि ?

जवाफ: (हाँसो) हँसाउनुभयो, मलाई हिचकिच भन्ने केही होइन । तर समय आउनु पर्यो नि ! प्रतिक्षा गर्नुस् न !

प्रश्न: मैले के बुझें भने, विद्यादेवी भण्डारी पुन: फर्कने भनेको पार्टीलाई नेतृत्व दिनका लागि हो । अध्यक्षका रुपमा ।

जवाफ: एकदम् । त्यसमा त कुनै सन्देह छ र !

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब