नयाँ दल भनिएकाहरुको ठगी र भ्रष्टाचार ! आन्तरिक कलहमा अल्झिए जनमत, नाउपा र रास्वपा

  • साउन १८, २०८२ | ५८८ पटक पढिएको | सीमा संदेश
alt

नयाँ दलहरु भनिएका जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि ठगी र भ्रष्टाचारमा चुर्लुम्म डुबेको पाइएको छ ।

वि.सं. २०७९ मा भएको आमनिर्वाचनबाट संसदीय राजनीतिक दलको रुपमा नयाँ दलहरु पनि जन्मिए । नयाँ दल जनमत, रास्वपा र नाउपाले आफूलाई सुरुसुरुमा पुरानो दलबाट असन्तुष्ट, विरक्त र निराश भएकाहरुको ‘वैकल्पिक शक्ति’का रुपमा अथ्र्याइदैँछ । तर नयाँ भनिएका दलहरुको क्रियाकलाप, शैली, मानसिकता, परिवारजनको पार्टीको रुपमा रहेको र पुराना दलहरु भन्दा पनि संकीर्ण तथा गैरजिम्मेवार रहेको टिप्पणी हुन थालिएको छ ।

ठूला रहेका दलहरू नसुध्रिएको अवस्थामा नयाँ दलहरूले मुलुकमा परिवर्तन गर्ने आँकलन गरिन्थ्यो । तर नयाँ दल स्वयंले पनि आफूलाई त्यही रूपमा प्रस्तुत गर्दै अझै पनि उनीहरुले आफूलाई मुलुकको राजनीतिक परिवर्तन गर्ने दाबी गर्दै आएका छन् । मधेश प्रदेशमा २०७९ कै आमनिर्वाचनबाट जन्मिएको जनमत पार्टीले प्रत्यक्ष र समानुपातिकबाट गरी प्रतिनिधिसभामा ६ सिटसहित पहिलो प्रयासमै राष्ट्रिय दल बन्न सफल भयो भने मधेश प्रदेशमा १३ सिट ल्याएर मधेश प्रदेश सरकारको अगुवाइसमेत गरिरहेको छ । जनमतले लुम्बिनी प्रदेशसभामा पनि ३ सिट ल्याएको छ ।

तर जनमत आन्तरिक कलहले थिलथिलो अवस्थामा पुगेको छ । पार्टी निर्माणको सुरुवाती चरणदेखि नै जोडिएका एकपछि अर्को नेताहरूलाई कारबाही गरिँदै गएपछि आन्तरिक संघर्ष जालो विस्तार हुँदै गएको छ । भने दाई–भाई र भाउजुसमेतको पार्टीमा परिणत भएको स्थानीयस्तरमा टिप्पणी हुन थालेको छ । जनमत पार्टीमा अध्यक्ष, उपाध्यक्ष वा सरसम्पत्तिसहितको प्रश्न सोध्नेलाई सिधैँ कारबाही गरेर गलहत्याउने कार्य विगत लामोसमयदेखि नै भइरहेको छ । जुन अहिले आएर छरपष्ट भएको जनमतको कारबाहीमा परेका ई. दीपक कुमार साह बताउँछन् ।

सो पार्टीबाट राष्ट्रिय उपाध्यक्ष दीपक साह, कोषाध्यक्ष सुरेन्द्र यादव र केन्द्रीय सदस्य वीरेन्द्र साहले अध्यक्ष डा. सीके राउतमाथि नै गम्भीर प्रश्न उठाउँदै समानान्तर गतिविधि गरिरहेका छन् । जनमत अहिले अघोषित रूपमा दुई टुक्रा भइसकेको उनीहरुले दाबी गर्दै आएका छन् । विगतमा संघीय सरकारमा गएको र अहिले मधेश प्रदेश सरकारमा रहेर पनि परिणाममुखी काम गर्न नसकेको आरोप जनमतमाथि लाग्दै आएको छ ।

आन्तरिक कलहलाई मिलाउन नसकेमा आउने दिनमा जनमतलाई ठूलो क्षति पुग्ने बुझाइ जनमतका नेता तथा कार्यकर्ताहरुको छ । त्यस्तै राष्ट्रिय दल बन्न नसके पनि प्रतिनिधिसभामा तीन सिटसहित नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि गत आमनिर्वाचनबाट नयाँ दलका रूपमा उदाउन सफल भयो । नाउपाले सुदूरपश्चिम प्रदेशमा ७ र लुम्बिनी प्रदेशमा ४, मधेश प्रदेशसभामा एक सांसद छन् ।

तर श्रीमान–श्रीमती रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको घरझगडाले नाउपा विभाजनको शिकार भएको छ । बिहीवार मात्रै संरक्षक रेशमले श्रीमती श्रेष्ठलाई निष्काशन गरेर बुवा लालवीर चौधरीलाई पार्टी अध्यक्ष बनाएको छ । २०८० पुसमा टीकापुरमा भएको पहिला महाधिवेशनबाट शुरु भएको रेशम–रञ्जिता विवाद सरकारमा जाने/

नजाने, रहने वा नरहने जस्ता विषयमा विवाद चर्किँदै जाँदा अहिले पार्टी नै फुटाउन बाध्य भएको छ । यसैगरि जनमत र नाउपा भन्दा पनि ठूलो दलको रुपमा रास्वपा रहेको छ । छोटो तयारीबीच नै रास्वपाले आमनिर्वाचन (प्रत्यक्ष र समानुपातिकसहित) मा २० सिट ल्याएको छ । उपनिर्वाचनबाट त्यसलाई कायम राख्दै एक सिट थप्न सफल पनि भयो । तर रास्वपाका सभापति रवि लामिछाने नै सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल गएपछि सो पार्टी अहिले विलखबन्दमा परेको छ ।

रास्वपाले थुनामै गए पनि सभापतिका रूपमा उनलाई नै सारिरहेका छन् । रास्वपाका शीर्षनेताहरु अदालतको निर्णयको पर्खाइमा छन् । राजनीतिमा आउनुअघिदेखि नै लामिछानेको पृष्ठभूमि विवादित थियो । उनलाई पार्टी गठन र आमनिर्वाचनसम्म लोकप्रियताले साथ दिए पनि सत्ता र शक्तिको बाटो रोजेपछि लोकप्रियताभन्दा बढी आलोचनाले लखेटेको छ ।

उप्रधानमन्त्री तथा गृहमन्त्री रहेकै बेला नागरिकताको वैधताका सन्दर्भमा लामिछाने दोषी ठहरिए । त्यसपछि गृहमन्त्रीसँगै रास्वपाकै सभापति पदसमेत गुमाएका लामिछानेले वैधानिक नागरिकता लिए । ०८० वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन २ बाटै पुनः निर्वाचित भएर दोस्रोपटक उपप्रधानमन्त्री तथा गृहमन्त्री बने ।

पुरानो दलको साटो नयाँ दल अर्थात ‘वैकल्पिक शक्ति’का रूपमा उदयमान भएका तीनवटै नयाँ दलहरू अहिले आफैँ विवादितसंगै बदनाम भएका छन् । ठगी, भ्रष्टाचार, परिवारवाद तथा नातागोता प्रकरणदेखि आन्तरिक कलह उत्कर्षमा पुग्दा यी पार्टी नै छिन्नभिन्न हुने र अस्तित्व नै मेटिन सक्ने संकेत समेत देखिन थालेको बजारमा हल्लाहरु पनि चल्न थालेको छ ।

राजनीतिक विश्लेषक शंकर तिवारीले लामो समयमा पुराना दलहरूले देखा परेभन्दा बढी नयाँ दलहरूमा अस्थिर चरित्र देखा परेकाले उनीहरूको भविष्यमै प्रश्न चिह्न खडा भएको बताए । उनीहरुसंग पार्टी सञ्चालन, आवश्यक रोडम्याप तथा दण्ड र पुरस्कारको विधिजस्ता कुरामा नयाँ दलहरू चुकेको उनको भनाइ छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब