चुरेको चिन्ता जल र जंगलको संरक्षण नहुँदा मधेश असुरक्षित : प्रकाशमान सिंह

  • साउन २३, २०८२ | ७०७ पटक पढिएको | सीमा संदेश
alt

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले जल र जंगलको संरक्षण नहुँदा मधेश प्रदेश नै असुरक्षित रहेको बताएका छन् ।

सिरहाको लहानमा बिहीबार एक कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री सिंहले चुरे संरक्षण नभएसम्म अन्नभन्डार मधेस सुरक्षित नहुने बताए । मधेशको जीवनरेखा चुरेसँग जोडिएकोले यसको संरक्षण र संवद्र्धनतर्फ तीनै तहको सरकारले गम्भीरतापूर्वक लाग्नु पर्नेमा जोड दिए । लहाननगरपालिका वडा नम्बर ६ र ७ मा नवनिर्मित व्यवसायिक भवनको उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘चुरे संरक्षित नभएसम्म मधेश सुरक्षित रहँदैन ।

मधेश प्रदेश सुरक्षित नभएसम्म अन्न भडार सुरक्षित हुँदैन । चुरेसँग जल जोडिएको छ, जलसँग अन्न (खाद्यान्न) जोडिएको छ ।’ मधेशलाई सिंचित बनाइ राख्नका लागि चुरे क्षेत्रलाई जोगाइ राख्न आवश्यक रहेको बताए । उनले भने, ‘संघीय, प्रदेश र स्थानीय सरकार मिलेर चुरे जोगाऔं । चुरे सुक्षित रहे मात्र अन्नभन्डार सुरक्षित र सिंचित रहनसक्छ ।’

सरकारले मधेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर तत्कालीन सामाधानका लागि पाँच सय डिप बोरिङ गर्ने योजना ल्याए पनि दीर्घकालीन समाधान भने नभएको उनले बताए । उनले भने, ‘दीर्घकालीन सामाधान त जमिनमुनिको पानीलाई सुरक्षित गर्नु नै हो । जसका लागि चुरेमै उपचार तथा संरक्षण आवश्यक छ ।’ जल अभावमा पीडित बनेका मधेशका किसान अहिले मलको अभाव पनि झेलिरहेको सुनेको बताउँदै कावा प्रधानमन्त्री सिंहले मल अभावको समस्या हटाउन पहल गर्ने आश्वासन दिए ।

जल र मल दुवैको समस्या सधैंका लागि समाधान गर्न दीर्घकालिन योजना आवश्यक रहेको उनले बताए । उनले शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण विभागले लहान नगरपालिका वडा नम्बर ६ र ७ मा नवनिर्मित व्यापारिक भवनको उद्घाटन गरि लहान नगरपालिकालाई हस्तान्तरण गरेका थिए । लहानमा नवनिर्मित व्यवसायिक भवनले घरेलु, साना तथा मझौला व्यवसायी तथा उद्यमीहरुमा हौसला थपिएको चर्चा गर्दै उनले व्यवसाय तथा उद्यामलाई चलायमान बनाउन यसले मद्दत गर्ने बताए ।

लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले व्यवसायिक भनवमा स्थानीय युवा उद्यमी तथा व्यवसायीलाई स्थान दिने बताए । सो भवन निर्माणले लहानमा व्यापारिक आकर्षण थपेको उल्लेख गरे । स्थानीय, स्वदेशी तथा विदेशी उत्पादनले यस भेगका उपभोक्तालाई आकर्षित गर्ने उनको भनाइ छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको लहान नगरपालिकामा संघीय सरकारको अझ लगानी भइदिए मधेसकै लोभलाग्दो सहर बन्ने नगर प्रमुख चौधरीले बताए ।

शहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको १० किलोमिटर कालोपत्रे सडक अहिले लहान नगरको नमूना विकास योजनामध्ये एक रहेको चौधरीको कथन छ । शहरी विकास तथा भवन निर्माण विभागको २८ करोड ५८ लाख १० हजार १७५ रुपैयाँ लगतमा व्यवसायीक भवन र दश किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ । कार्यवाहक प्रधानमन्त्री सिंहले मेयर महेश चौधरीलाई व्यावसायिक भवनको साँचो हस्तान्तरण गरेका थिए ।

त्यस्तै अर्को एक कार्यक्रममा नेपाली कांग्रेसको महाधिवेशनका बारेमा चर्चा गर्दै कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कावा प्रधानमन्त्री सिंहले पदमा बसेकाहरूले महाधिवेशन गर्नुपर्छ भनेर माग गर्ने कि समयमा सम्पन्न गर्नका लागि भूमिका निर्वाह गर्ने ? भनेर प्रश्न गरे । सिरहा कांग्रेसले आयोजना गरेको कार्यक्रममा सिंहले महाधिवेशन गर्नुपर्ने जिम्मेवारीमा रहेका नेताहरू नै महाधिवेशन माग गर्दै हिँडिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा महाधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाएर अघि बढ्नुपर्ने सिंहले बताए । उनले क्रियाशील सदस्यता नवीकरणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएका छन् । पार्टीको विधान र नेपालको संविधानअनुसार कांग्रेसको १५ औँ महाधिवेशन हुने पनि उनको भनाइ थियो । पार्टी विधानमा हरेक चार वर्षमा महाधिवेशन हुने व्यवस्था रहेको पनि सिंहको भनाइ थियो ।

‘पार्टीको विधानमा हरेक चार वर्षमा महाधिवेशन हुनुपर्छ भनेर किटान गरेको छ । केही विपद् आएको खण्डमा, पार्टीले गर्नुपर्ने काम गर्न पूरा नगरेको खण्डमा एक वर्ष म्याद थप्ने गरेकै छ । हरेक सभापतिले थप्ने गरेकै छ,’ कावा प्रधानमन्त्री सिंहले भने, ‘त्यतिमात्रै नभएर संविधानसभाले समयमा पाँच वर्षमा गर्न नसकेर सर्वदलीय बैठक राखेर, सबैलाई चित्त बुझाएर कांग्रेसले नेतृत्व गरिरहेको बेलामा महाधिवेशन गर्दा संविधान लेखनको काम एकातिर पर्ने भएका हुनाले अर्को ६ महिना थप्न पाउँ भनेर संविधान संशोधन गरेको हो ।’

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब