कमला नदीको पुल १४ वर्षदेखि अधुरै

  • साउन २७, २०८२ | ६९७ पटक पढिएको | सीमा संदेश
alt

कमला नदीको पुल करिब डेढ दशकदेखि अधुरै रहेका छन् । कमला नदी पूर्ण नहुँदा वारि र पारि दुवै किनारामा यात्री आवतजावत गर्न निकै सास्ती भोग्नु परिरहेको छ । केही सातादेखि आएको बाढीको भेल हेर्दै बसेका स्थानीय ६/७ जनाको समूहमा आएकाहरुले आउने जाने भनेर बोलाएपछि उत्साहित थिए । नदी किनारामा अड्को लगाएर राखिएका दुई डुंगा खियाउने माझी आएपछि करिब आधा घण्टादेखि कुरिरहेका यात्रीहरु वारपार गर्न तम्तयार रहे पनि एक्कासी आएको बाढीका कारण बाढीको भेलले बाँसले बनाएको लचका पुलसमेत बगाए पछि आवत जावत नै पूर्णरुपेण बन्द भएको छ ।

मधेशको जीवनरेखाको रुपमा रहेको हुलाकी राजमार्गअन्तर्गत सिरहा–धनुषाको सीमामा पर्ने कमलामा पुल नहुँदा यस क्षेत्रका वासिन्दा मात्र नभइ यस सडक भएर आवतजावत गर्ने यात्रीहरु वर्षौंदेखि सास्ती भोग्दै आएका छन् । कमलामा पानीको बहाब सामान्य भएका बेला पछिल्ला वर्षमा काठको अस्थायी पुल बनाउने गरिएको छ । तर, वर्षासँगै आउने बाढीले यो पुल बगाइदिने गर्छ ।

पछिल्लो साता परेको पानीपछि आएको बाढीले फेरि यहाँको अस्थायी पुल भत्काइ दिएको छ । पुल नै नभएपछि दुई दिन त आवागमन नै अवरुद्ध भयो । तर, पानीको बहाव घटेपछि अहिले यी दुई डुंगाले सिरहाबाट धनुषातिर र धनुषाबाट सिरहातिर जाने दैनिक पाँच सयदेखि एक हजारसम्म सर्वसाधारणलाई वारपार गराइरहेका छन् । बसबिट्टा घाटभन्दा करिब १० किलोमिटर दक्षिणतर्फ नेपाल–भारत सीमाक्षेत्र नजिक कमलामा झोलुंगे पुल पनि छ । तर सो पुल पायक नपरेको गुनासो स्थानीय गर्छन् ।

स्थानीयले जनाए अनुसार सबै क्षेत्रलाई समेट्न सक्ने हुलाकी सडकको यो पुल नबन्दा अहिले बसबिट्टासहित सारश्वर, पटेर्वा, चिकना, बेल्हा, चतरीसहित एक दर्जनबढी ठाउामा डुंगा चल्ने र त्यसबाट जोखिम मोलेर सर्वसाधारण वारिपारि हुने अवस्था छ । कमला नदीको पुलको निर्माण शुरु भएको १४ वर्षभन्दा बढी भइसकेको छ ।

चार सय ६९.२ मिटर लामो पुलको निर्माण २०६८ जेठ ३१ बाटै थालिएको थियो । यो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २८ करोड १५ लाख रूपैयाामा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार, २०७१ मंसिर ३० गतेभित्र पुल निर्माण पूरा गर्ने उल्लेख थियो । तर, दुईपटक म्याद थपेर २०७५ मंसिर ३० गतेसम्म निर्माण अवधि लम्ब्याइयो ।

तैपनि ठेकेदार कम्पनीको लापरबाहीका कारण थपिएको म्यादमा पनि पुल निर्माण हुन सकेन । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरले त्यसपछि २०७६ असोज १ मा पप्पुलाई हटाएर लुम्बिनी जेभीलाई ठेक्का दिएको थियो । तर, पटक– पटक म्याद थप भएर दश वर्षमा निर्माणको अन्तिम चरणमा पुगेको यो पुल २०७८ असार १७ मा सामान्य बाढी थेग्न नसकी भासिएको थियो ।

पुल भासिएपछि पुनः पुनर्निर्माण थालिएको भनिए पनि यति सुस्त ढंगले काम भइरहेको छ कि पुल बन्ने/नबन्ने कुरा अनिश्चितजस्तै छ । पछिल्लो समय अन्तिम पटकका लागि २०८२ असारसम्मको म्याद दिइए पनि ठेकेदारले पुलको काम नै अलपत्र छाडेको छ । कमला पुलको विषयमा अहिले केही भन्न मिल्ने अवस्था नरहेको निर्देशनालयका प्रमुख कृष्णकुमार महतोले बताए । महतोका अनुसार, सम्झौता अनुसार तोकिएको मितिभित्र काम नगरेपछि निर्देशनालयले ठेकेदारलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

यहाँका नागरिक अगुवाहरूले कमला पुलका लागि पटक पटक आन्दोलन नै गर्दै आएका छन् । तर, कतैबाट पनि आन्दोलनको माग र सर्वसाधारण पीडालाई सम्बोधन गर्ने काम भएको छैन । जबकि, प्रधानमन्त्रीदेखि मन्त्रीसम्म यहाँ पटकपटक आएर पुल चाँडै बन्ने आश्वासन दिएर जाने गरेका छन् । पुल बनाउनभन्दा यसलाई सधैंभरि चुनावी मुद्दा बनाइराख्ने राजनीतिक दलहरुको नियत भएकोले यो पुल बन्न नसकेको हुलाकी सडक संघर्ष समितिले आरोप लगाएको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब