जनकपुरमा वकिलको कुटपिटबाट ६ पत्रकार घाइते

  • साउन २८, २०८२ | ४८२ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरमा जग्गा विवादलाई लिएर कानुन व्यवसायीहरूले नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका पदाधिकारीहरूमाथि निर्घात कुटपिट गरेका छन्।

आक्रमणबाट महासंघका प्रदेश अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ सहित ६ जना पत्रकार गम्भीर घाइते भएका छन्।

घाइतेमध्ये महासचिव क्रान्तिको खुट्टाको पैताला भाँचिएको छ भने अध्यक्ष बन्जाराको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।

यस्तै, पत्रकार दिवाकर रायको टाउकोमा चोट लागेको छ। उनीहरू सबैको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

के थियो विवाद ?

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले जनकपुरको भूतनाथ महादेव मन्दिर दक्षिणतर्फ रहेको गुठी संस्थानको ४ कट्ठा जग्गा वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँ तिर्ने गरी २० वर्षका लागि लिजमा लिएको थियो। महासंघका पदाधिकारीहरू मंगलबार सोही जग्गा भोगचलन गर्न पुगेका थिए।

तर, नेपाल बार एसोसिएसन धनुषाले गत साउन २० गते सूचना जारी गर्दै उक्त जग्गा कानुन व्यवसायीहरूको गाडी पार्किङका लागि प्रयोग गर्ने घोषणा गरेपछि विवाद चुलिएको थियो।

मंगलबार पत्रकारहरू जग्गामा पुग्दा कानुन व्यवसायीहरूको समूहले उनीहरूमाथि आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले गुठीको जग्गा भोगचलन गर्ने क्रममा दुई पक्षबीच झडप भएको पुष्टि गरे। उनले झडपको खबर पाउनासाथ घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको सुनाए।

‘पत्रकार महासंघका पदाधिकारीहरूले आधिकारिक रूपमा लिखित उजुरी दिएपछि कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइनेछ,’ डीएसपी सिंहले भने।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब