सिरहा नगरपालिका दोस्रो पटक जिल्लाकै उत्कृष्ट पालिका

  • भदौ ८, २०८२ | १,३७० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, ०८ भदौ । सिरहाको सिरहा नगरपालिका लगातार दोस्रो पटक सिरहा जिल्लामा उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा सिरहा जिल्लाकै उत्कृष्ट प्रथममा छनोट भएको  छ । सिरहा नगरपालिका अघिल्लो आर्थिक वर्ष २०७८।७९ मा पनि सिरहा जिल्लाकै उत्कृष्ट स्थानीय तह घोषित भएको थियो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी ९ क्षेत्रको कार्यसम्पादन मूल्याङ्कन गरी उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ।

यी सबै सूचकहरूमा सिरहा नगरपालिकाले १०० मा ७५.७५ प्रतिशत अंक प्राप्त गरेको छ। यसमध्ये समग्र स्थिति सबभन्दा बढी सेवा प्रवाहमा ११ प्रतिशत र भौतिक पूर्वाधार १० प्रतिशत अंक स्वमूल्यांकन गरेको छ। यो मूल्याङ्कनमा देशभरका ७५३ मध्ये ७३२ स्थानीय तह सहभागी भएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका रेशमलाल कँडेलले जानकारी दिए।

नगरपालिकाले आफ्नो दीर्घकालीन योजना र मध्यकालीन खर्चको संरचना बमोजिम निर्धारित समयमै वार्षिक बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांकन र भुक्तानी गरेकाले स्वमूल्याङ्कनमा सिरहा जिल्लाकै उत्कृष्ट बन्न सफल भएको नगरपालिकाको प्रशासकीय अधिकृत बलिराम यादबले बताए ।

कुल सूचकमध्ये विकासका ५ वटै क्षेत्रहरू आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका क्षेत्रहरूमा समन्यायिक रूपमा बजेट विनियोजन गरी नतिजामूलक कार्यान्वयन गर्ने गरेकाले सिरहा लिसामा लगातार जिल्लाकै  उत्कृष्ट बनेको नगरपालिकाका प्रशासकीय अधिकृत यादबले बताउँछन्।

त्यसैगरी मिर्चैया नगरपालिका ७५ प्रतिशत, लहान नगरपालिका ७२.७५ प्रतिशत, धनगढीमाई नगरपालिका ७०.२५ प्रतिशत, सखुवानन्कारकट्टी गाउँपालिका ७०.२५ प्रतिशत, कर्जन्हा नगरपालिका ६६ प्रतिशत, नवराजपुर गाउँपालिका ६६ प्रतिशत, अर्नमा गाउँपालिका ६५.५० प्रतिशत, सुखिपुर नगरपालिका ६५ प्रतिशत, भगवानपुर गाउँपलिका ५५.५० प्रतिशत, गोलबजार नगरपालिका ५४.५० प्रतिशत, लक्ष्मीपुर पत्तारी गाउँपालिका ४६.७५ प्रतिशत, बिष्णुपुर गाउँपलिका ३८.७५ प्रतिशत, कल्याणपुर नगरपालिका ३६.२५ प्रतिशत र औरही गाउँपालिका १९.७५ प्रतिशत रहको छ । देशभरीमा सबभन्दा कमोजार  अंक औरही गाउँपालिकाको रहको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब